Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटना १ को मृत्‍यु, १५ घाइते

Published on 3:12:00 PM //

शिबलाल सुबेदी/गगनशिला खड्का/अनिल खत्री
गुल्मीको विरवास गाविसमा लु १ च ३५१० नम्बरको जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने अन्य १५ जना यात्रु घाइते भएका छन । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । दुघटना रुपन्देही जिल्ला कान्छिबजारका ४० बर्षिय बाबुराम बिकको मत्यु भएको हो । बाबुरामको उपचारका क्रममा पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ । बिरवासको बाख्रेबाट चोयगाको छत्र मन्दिरमा पञ्वली लिएर हिडेको उक्त जिप बन्द्रखुट्टा भन्ने स्थानमा आईतवार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा गुल्मी विरवास १ बाख्रेका शेर बहादुर बि.क र सोही स्थानका ४ बर्शिय बालक विकास बि.क, विरवास गाविस १ बाख्रे निवासी ३१ बर्षिय शेर बहादुर विश्वकर्मा, विरवास ३ निवासी ३५ वर्षिय प्रेम परियार, विरवास १ निवासी
६८ वर्षिय अम्मर वि.क, विरवास ३ निवासी १४ वर्षिय मेघ बहादुर परियार  गम्भिर घाईते भएका छन । गम्भिर घाईतेहरुको युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको र अन्यको स्थानीय मेडीकल तथा विरवास उप–स्वाथ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकृत तथा प्रहरी निरीक्षक श्यामु अर्यालका अनुसार जिपमा धेरै यात्रुहरु सवार भएकाले जिप दुर्घटनामा परेको बताएका छन । जिपका चालक भने जिल्ला प्रहरी कायलयको नियन्त्रणमा रहेका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग