Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै र्‍याली

Published on 2:39:00 AM //


घनश्याम गौतम
काठमाण्डौमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थीहरुको टोलीले तम्घास बजारलाई प्लाष्टिक प्रयोग मुक्त बजार बनाउन आग्रह गर्दै जनचेतना मुलक ¥याली प्रदर्शन गरेका छन् । वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले नै गठन गरेको हेल्पिङ्ग हेण्डस नामक संस्थाले तम्घास बजारलाई सफा राख्न र बातावरणको संरक्षण गर्न आग्रह गर्दै शुक्रवार प्रदर्शन गरिएको ¥यालीमा प्लाष्टिक प्रयोगले गर्ने असर, यसबाट बच्ने उपाय र यसको सुरक्षित विस्थापनका बारेमा समेत जानकारी प्रदान गरिएको थियो ।
र्‍यालिमा तम्घासको सिद्धबाबा उच्च माविका विद्यार्थी, जिल्ला प्रहरी कार्यालय, तम्घास बजार व्यवस्थापन तथा सरसफाई समिति, रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाज, नागरिक समाज, विभिन्न आमा समुहहरु लगायत सहभागी थिए । तम्घासलाई प्लाष्टिक मुक्त बजार बनाउन उद्योग वाणिज्य संघले समेत तयारी गर्दै आएको छ ।
दशैं मनाउन घर विदामा आएका विद्यार्थीहरुले समाजलाई सचेत बनाउने उद्देश्यले विद्यार्थीहरुले गरेको जनचेतनामुलक ¥यालीबाट सबैले पाठ सिकेर तम्घासलाई प्लाष्टिक मुक्त बनाउने अभियानमा लाग्नु पर्ने वाणिज्य सघंका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए । सोही अवसर पारेर जिल्ला प्रहरी कार्यालयले कार्यालय भित्र कुनै प्लाष्टिक प्रयोग नगर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रमा प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले आफ्नो कार्यालय भित्र शुक्रवार देखि नै कुनै पनि प्लाष्टिक झोला र प्लाष्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाई बातावरण संरक्षणमा सहयोग गर्ने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग