Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउसी खेल्नेलाई रु. २०१ र १०१ मात्र दिने उबासंघ, गुल्मीको अनुरोध

Published on 2:42:00 AM //


पि.एम.मगर
गुल्मी उद्योग वाणिज्य संघको वैठक शनिबार सम्पन्न भएको छ । वैठकले यही पौष १ गतेदेखि जिल्लामा कालो प्लाष्टिकको प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ । त्यसका लागि सो समयभित्र जिल्ला स्थित व्यवसायीहरुलाई रातो र सेतो पलाष्टिक प्रयोगमा ल्याई कालो प्लाष्टिक विस्थापित गर्ने जनाएको छ । त्यस्तै वैठकले दीपावलीको समयमा देउसी भैलो खेल्ने समुहलाई दिने रकमको विषयमा पनि व्यवसायीका लागि निश्चित दर तोकेको छ । संस्थागत देउसी भैलोका लागि २ सय १ रुपैयाँ र व्याक्तिगत देउसी भैलोका लागि १ सय १ रुपैयाँ दिने निर्णय गर्दै सोही निर्णय अनुसार गर्न व्यवासायीहरुलाई आग्रह गरेको छ । त्यस्तै जिल्लामा यातायात तथा वजार व्यवस्थापनलाई मध्यनजर गर्दै एक दुई दिन भित्रै उद्योग वाणिज्य संघ, होटल व्यवसायी मञ्च तथा यातायात व्यवसायीविच भेलाको आयोजना गरि प्रभावकारी निर्णय लिईने संघका महासचिव कृष्णप्रसाद पोखरेलले वताउनुभएको छ । साथै दिपावलीको अवसरमा पटकाजन्य पदार्थ नभित्राउन तथा विक्री वितरण नगर्न साथै उपभोक्ताहरुलाई गुणस्तरीय सामानहरु उचित मुल्यमा विक्री वितण गर्न समेत संघले आग्रह गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न वैठकको सञ्चालन महासचिव कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग