Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुवाडेको पैसा सामाजिक काममा

Published on 1:24:00 AM //


नारायण प्रभात मरासिनी
गुल्मी जिल्ला प्रहरीले तिहारमा सार्वजानिक स्थानमा जुवा तास खेल्ने एक समुहलाई नियन्त्रणमा लिई उनीहरुबाट बरामद गरिएको रकम, जुवा तास, लगाएतका विकृती, विसंगती नियन्त्रणकालागि लगाएको छ । कार्तिक ९ गते राती इस्मा स्थीत पौदी अमराई प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर बुढाथोकीको नेतृत्वमा पुगेको प्रहरीले छापाहिले गाविसको एक जुवा खालमा छापा मारी २१ हजार ३ सय १६ रुपैयाँ बरामद गरी सम्बन्धीत समाजलाई हस्तान्तरण गर्दै प्रहरीले यस्तो कार्य अगाडी बढाएको हो ।
समाजमा हुने घरेलु हिंसा, लैङ्गिक हिंसा, घरेलु मदिरा उत्पादन र जुवातास नियन्त्रणकालागि प्रहरीहरुसंग सहकार्य गर्ने गरी छापाहिलेको हरियाली युवा क्लबलाई रु १० हजार ६ सय ५८ र मनकामना महिला समुहलाई त्यती नै रकम हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले बताउनुभयो । रकम बरामद गरिएपनि जुवा तास खेली रहेका छापाहिले ३ का उपेन्द्र खड्का, विजयकुमार थापा, ज्ञानबहादुर थापा, बलिराम आचार्य, घमिर ८ का रोमबहादुर रोकालाई आगामी दिनमा जुवातास नखेल्ने सर्तमा छाडिएको बैदबारले बताए । अब विकृती,विसंगतीबाट गरिने जरिवाना को रकम विकृती, विसंगती न्यूनीकरणमा नै खर्च गर्न सकियो भने समाजमा सुव्यवस्था कायम गर्न सजिलोे हुने बैदबारले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग