Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिस्त्रीले नै उडायो साहुजिको पल्सर

Published on 1:26:00 AM //


नारायण प्रभात मरासिनी
गुल्मीको वामी टक्सार बजारको एक ग्यारेजमा काम गर्ने मिस्त्रीले मालिकको मोटरसाइकल लिएर फरार भएका छन् । वामी टक्सार बजारमा रहेको बसन्त कार्कीको ग्यारेजमा काम गर्ने नवलपरासीका उमेश चौधरीले कार्कीको लु ८ प ८४६५ नं को पलसर मोटरसाइकल लिएर फरार भएका हुन । ६–७ महिना देखी कार्कीको ग्यारेजमा काम गर्ने चौधरीले करिब २ लाख बराबरको मोटरसाइकल लिएर शनिबार रातीदेखी सम्पर्क बिहिन भएको कार्कीले बताए ।
आफ्नो पसलामा काम गर्ने मिस्त्री मोटरसाईकल लिएर फरार भएपछी कार्किले वामी टक्सार इलाका प्रहरी कार्यलयमा उजुरी दिएका छन् । फरार चौधरी र मोटरसाइकल खोजीका लागि हरेक नाकामा चेकजाच कडा पारिएको प्रहरी नायब उपरिक्षक राजकुमार वैदबारले जनाएका छन् । १५० सी.सीको उक्त मोटरसाइकल निलो रङ्गको रहेको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग