Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साधारण सभा सम्पन्न

Published on 3:08:00 PM //

सीता भण्डारी
स्वालम्बन महिला बचत तथा ऋण सहकारी सस्था लिमीटेड तम्घास गुल्मीको १९ औं बार्षिक साधारण सभा सञ्चालनक समितिको अध्यक्षमा पुनः राधा पन्थीलाई चयन गर्र्दै आज सम्पन्न भएको छ । सात सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा बिमला गौतम, सचिवमा गगां बस्नेत, कोषाध्यक्षमा शान्ता थापा, सदस्यमा मञ्जु पन्थी, शोभा मरासिनी र सुमित्रा बस्नेत रहेका छन् । त्यस्तै साधारण सभाले निमर्ला अर्यालको सयोंजकत्वमा तिन सदस्यीय लेखा उपसमितिको गठन गरेको छ ।जसको सदस्यमा साबित्रा खत्री र शारदा थापा चयन भएका छन् । साथै सञ्चालक समितिका कोषाध्यक्ष शान्ता थापाको सयोंजकत्वमा ३ सदस्यीय कर्जा उपसमिति पनि गठन गरिएको छ । सदरमुकाम तमघासमा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा बिभीन्न व्यातित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सस्ंथाका सस्थापक सदस्य बिमला गौतम, सस्थाकै जेष्ठ सदस्य सम्मानबाट सदस्य हुमकला बस्नेत, उत्कृट ऋणि सम्मानबाट तारा ज्ञवाली र शोभा सारुलाई दोसल्ला ओढाई प्र्रमाण पत्र र पुरस्कार प्रदान गरिएको हो । २०६७ सालको प्रवेशिका परिक्षामा गुल्मी जिल्ला प्रथम छात्र, छात्रा सम्मान कार्यत्रममा छात्रतर्फ अर्जुन आवाशिय ईङलिस बोर्डिङ स्कुल तम्घासका सागर पन्थी र छात्रातर्फ महेन्द्र उच्च माध्यामिक बिद्यालय तम्घासका अनुपमा थापालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नाबालक सदस्य छात्रबृत्ति सदस्यहरु सबिता श्रीष र पुनम रानालाई प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बचत तथा ऋृण सहकारी सघं गुल्मीका अध्यक्ष यम बहादुर थापाले सबै सहकारी कर्मी एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी कर्मी मुकुन्दहरी गौतम, कर्मचारी बचत तथा ऋण सघं गुल्मीका उपाध्यक्ष खिमलाल अधिकारी, लेकाली बचत तथा ऋण सघं तम्घासका सचिव गोपाल पन्थी, युनाईटेड बचत तथा ऋण सघंका व्यावस्थापक उमानन्द सुवेदी लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभाको उद्घाटन शत्र स्वाबलम्बन महिला बचत तथा ऋण सहकारी सस्थांका अध्यक्ष राधा पन्थीको अध्यक्षता, जिल्ला सहकारी सघंका उपााध्यक्ष शेषकान्त गौतमको बिषेश आतिथ्यता, स्वाबलम्बन महिला बचत तथा ऋण सहकारी सस्थांका उपाध्यक्ष बिमला गौतमको स्वागत मन्तव्य र सचिव गगां बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग