Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुकुरी प्रहारबाट प्रहरी जवानको मृत्यु

Published on 2:51:00 PM //

मनोज बस्नेत/अनिल खत्री
गुल्मीको नयागाउँमा झगडा मिलाउन गएका एक प्रहरी जवानको हत्या भएको छ । नयाँगाउँ गाविस वार्ड नम्ंबर ५ मैदानमा गएराति लागेको सरायँनाचमा भएको झगडा मिलाउन गएका नयाँगाउँ प्रहरी चौकि नयाँगाउँका २८ बर्षिय प्रहरी जबान सुर्य बहादुर थापाको हत्या भएको हो । खुकुरी प्रहार बाट गम्भिर घाईते अर्घाखाँचि खिल्जी ६ घर भएका थापाको जिल्ला अस्पताल तम्घास गुल्मीमा उपचारको क्रममा गएराती मृत्यु भएको हो । हत्याको आशंकामा प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार बैद्धबारले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी, नयाँगाउँ प्रहरी चौकी र वस्तु प्रहरी चौकी धुर्कोटको प्रहरी टोलीले अहिले घट्नास्थलमा पुगी घट्नाको अनुसनधान थालेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग