Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनुगमनले बजारमा सुधार

Published on 12:10:00 AM //

जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको बजार अनुगमन प्रभावकारी बन्दै गएको छ । बजार अनुगमनले जिल्लाको सदरमुकाम तम्घास मात्र नभएर जिल्लाका मुख्य ग्रामीण क्षेत्रमा रहेका बजारहरुमा समेत सुधार आएको छ । अनुगमनको सबैभन्दा बढी प्रभाव भने सदरमुकाम तम्घासमै परेको बजार अनुगमन समितिले जनाएको छ ।
जिल्ला बजार अनुगमनको समयमा मापदण्ड विपरित सञ्चालित बिभिन्न साना उद्योगहरु तथा अन्य पसलहरु वैधानिकतामा जुटेका छन् । त्यस्तै फोहोर मैला देखिएका पसल तथा उद्योगहरु ब्यवस्थित र सफा गरि सञ्चालन गर्न थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा भदौ २८ गते खटिएको बजार अनुगमन समितिले बलेटक्सारमा मापदण्डविपरित सञ्चालन गरेको एक पाउरोटी उद्योग बन्द गराएको थियो भने सोही दिन सदरमुकाम तम्घास लगायत जिल्लाका १ दर्जनभन्दा बढी बजारका बिभिन्न पसलहरुबाट थुप्रै अखाद्य वस्तुहरु बरामद गरेको थियो ।
यसरी अखाद्य वस्तुहरु बरामद गरिएका पसलहरुमा अहिले सुधार आएको बजार अनुगमन समिति सह–सयोजक सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अयालले जानकारी दिएका छन् । बजार अनुगमनका क्रममा दता बिना सञ्चालन गरेका गैंडाकोट, रुङ्खादह, बिरवास, बलेटक्सार रिडीलगायतका सदरमुकाम तम्घास र अन्य ग्रामीण क्षेत्रका बिभिन्न पसलहरु दता गर्न उद्योग वाणिज्य संघ गुल्मीमा दैनिक आइरहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग