Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँलेले पारे पुर्कोटदह झिलीमिली

Published on 5:13:00 PM //

घनश्याम गौतम
पुर्कोटदहका बासिन्दाले आफ्नै पहलमा गाउँमा बिजुली बालेका छन् । स्थानीय सेपलतिना खोलाको पानीबाट लघु जलविद्युत् परियोजना अन्तर्गत बिजुली निकाल्न पुर्कोटदहका-१ सय ५७ घरपरिवारले प्रतिपरिवार २० हजार रुपैयाँ आर्थिक संकलन गरेका थिए । १० किलोवाट बिजुली निकाल्नका लागि थप आर्थिक सहयोग जिविस, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको थियो ।

जिविसका ऊर्जा तथा वातावरण अधिकृत चिरञ्जीवी भट्टराईका अनुसार विद्युत् उत्पादनका लागि जनश्रमदानसहित झण्डै ६० लाख रुपैयाँ खर्च भएको छ । विद्युत् उत्पादनमा जिविस ऊर्जा शाखा र आर्थिक ग्रामीण विकास संघ -रेडा) पाल्पाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

गाउँलेहरूकै सक्रियतामा बिजुली निकालिएपछि सञ्चारको सविधाबाट नजिक हुनुका साथै बालबालिकाको पढाइ र मोबाइल चार्जमा निकै सजिलो पुगेको स्थानीय समाजसेवी चक्रबहादुर कुँवरले बताए । 

'मोबाइल चार्ज गर्नसमेत सोलारवालाई पैसा तिर्नुपर्ने बाध्यता थियो', कुँवरले भने, 'अब सबैका घरमा बिजुली बलेपछि धेरै समस्या समाधान भए ।' गाउँ समाज अग्रसर भएपछि विकास र परिवर्नतमा कुनै समस्या नहुने उनले बताए ।

जिल्ला सदरमुकामबाट पश्चिम ९ कोश टाढाको जिल्लाकै नमुना गाविस पुर्कोटदहमा राष्ट्रिय प्रसरणका लाइन विस्तार कार्य यस वर्षबाट मात्र सुरु भएको प्राधिकरणले जनाएको छ । गाविसका अन्य घरधुरीहरूमा समेत यसै वर्ष बिजुली बल्ने प्राधिकरणले जनाएको छ । गाउँमा बिजुली बाल्नका लागि गाउँलेहरूले सेपलतिना लघु जलविद्युत् परियोजना उपभोक्ता समिति गठन गरी झण्डै तीन वर्षअघिबाट पहल सुरु गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग