Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको लागि खेलमैदान ब्यावस्थित गरिदै

Published on 11:16:00 PM //


अनिल खत्री
जिल्ला खेलकुद बिकाश समिती गुल्मीको आयोजनामा संञ्चालनहुने राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता कार्तिक १८,१९,२०,२१ गते हुने पक्का भएको छ । सोही कार्यक्रमको लागी आज गुल्मी को सदरमुकाम तम्घास रहेको चिदीचौरको खेल मैदान लाई सफा र ब्यावस्थित बनाउनको लागी सरफाई कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मी जिल्ला स्थीत कालि दत्त गुल्म का गुल्मपती पति सन्तोष कुमार थापाको नेतृत्वमा नेपाली सेना तथा प्रहरी निरिक्ष श्याम अर्यालको नेतृत्वमा नेपाल प्रंहरी को टोली र जिल्ला खेलकुद बिकाश समितीका कार्य समिती लगायतको उपस्थितीमा आज बिहान तम्घासको चिदीचौर को खेल मैदानमा रहेका ढुङ्गा,गिटी तथा नाली सफा गर्ने,खेलमैदानमा भएको घासकाटी सफासुग्घर गरिएको खेलकुद बिकाश समितीका उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग