Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीको छुरी हानी हत्या गरेको आशंकामा दश युवा पक्राउ

Published on 7:39:00 PM //

जनार्दन घिमिरे
सराय नाँच भईरहेको अवस्थामा अज्ञात समूहको छुरि प्रहारवाट गुल्मीको नयाँगाउँ गाविसमा डियूटीमा खटिएका एक प्रहरी जवानको  मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा अर्घाखाँची जिल्ला खिल्जी ६ निवासी हाल गुल्मीको नयाँगाउँ पहरी चौकिमा कार्यरत प्रहरी जवान २९ वर्षीय सुर्य वहादुर थापा रहेका छन् । 
मंगलवार राती करिव ११ वजेको समयमा नयाँगाउँ गाविस ५ स्थित मैदान भन्ने स्थानमा सराउँ नाच भईरहेको अवस्थामा स्थानीयवासीहरु वीच उत्पन्न विवाद मिलाउनलाई सम्झाउने क्रममा गएका थापालाई अज्ञात समूहले छुरि प्रहार गरि फरार भएका थिए । छुरि प्रहारवाट घाईते भएका थापाको गएराती उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको वारेमा  थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारको नेतृत्वमा प्रहरी टोली गए राती एक वजे नै घटना स्थलमा पुगेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय गुरुङ्ग गाउँका दश जना व्याक्तिहरुलाई प्रक्राउ गरि आज दिउसो चारवजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याई पुराएको छ । 
राती प्रहरी घटनास्थलमा पुग्दा गाउँलेहरु सवै जना डरका कारण घर छोडेर वाहिर निस्केको वैदवारले वताउनु भयो । घटनाको जानकारी पाएपछि आज विहानैदेखि छिमेकि जिल्लासंग जोडियका नाकाहरुमा प्रहरीले विशेष निगरानी र खानतलासी गरिरहेको थियो । यसैक्रममा घटनामा संलग्न भएको आशंकामा अर्घाखाँचीको ठाडा ईलाका प्रहरी कार्यालयले ठाडावाट उक्त घटनामा संलग्न भई फरार भएका थप दुई जना व्यक्तिहरुलाइ समेत पक्राउ गरेको छ । मृतक प्रहरी जवानलाई आज वेलुकि तम्घासमा प्रहरी वरिष्ठ उपरिक्षक बम वहादुर भण्डारी प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार लगायत सुरक्षाकर्मिहरुले सलामी सहित अन्तिम श्रद्धााजली अर्पण गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग