Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुल्झियो मोटरबाटो सम्बन्धी बिबाद

Published on 3:42:00 AM //

मनोज बस्नेत
गुल्मीको घमिर २ बनेखोला देखी ढाँडा जोड्ने मोटबाटोको बिषयमा चर्किदैँ आएको बिबाद तत्कालका लागी समाधान भएको छ । घमिर गाविस बार्ड नम्बंर २ को बनेखोला देखी आरुपाटा, रिठारुख, मासिखेत हुँदै ढाँडा जोड्ने मोटबाटोको उपभोक्ता समिति, स्थानीय राजनितीक दल र घमिर गाविसको सर्वपक्षिय बैठकको निर्णय अनुसार बिबाद तत्कालकालागी समाधान भएको हो । घमिर गाविसको अनुदानमा एक बर्ष अगाडि खनाईएको मोटरबाटो नापी तथा स्टामेट अनुसार नखनाईएको भन्दै बिबाद बढ्दै गएको थियो ।
आज बसेको सर्वपक्षिय बैठकले पुरानो बाटोलाई घोडेटोको रुपमा विकास गर्ने  र नापी तथा स्टीमेट भएअनुसार सिलादी भानुपोखरा जोड्ने मोटबाटो पुन घमिर २ का गोविन्द्र प्रसाद लम्सालको घर माथिबाट बगाँले आपँ, खोलाखर्क, वनेखोला कुलो आरुपाटा हुदैँ ढाँडाबाट खनाउने सहमति भएको छ । बैठकमा एकिकृत नेकपा माओवादिका सुर्य बहादुर बुढाथोकी, नेपाली कागेंसका कविराम पन्थी, घमिर गाविस सचिव राजु शर्मा, समाजसेवी लोकनाथ पन्थी लगाएत मोटबाटो उपभोक्ता समितीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठक बनेखोला, आरुपाटा, रिठा रुख, मार्सीखेत, ढाडाँ मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरी प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न भएको सहकर्मी कमल लम्सालले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग