Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ गाउँमा हुने भ्रष्ट्राचार प्रती कांग्रेसको चिन्ता

Published on 3:41:00 AM //

मनोज बस्नेत
नेपाली कांग्रेस गाउँ कार्य समिति सिर्सेनी गुल्मीको सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कागेंस क्षेत्र नम्बंर ३ गुल्मीका क्षेत्रिय सभापती दामोदर भुसालले सिर्सेनी गाउँ कार्य समितिको कार्यालयको उद्घाटन गर्नुभएको छ । कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सभापती भुसालले गाउँगाउँमा हुने भ्रष्टाचार प्रति चिन्ता व्यक्त गर्दै भ्रष्टचारलाई निरुत्साहित गर्न नेपाली कागेंसका कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाली कागेंसका क्षेत्रिय प्रतिनीधी गुञ्जन भट्टराई, चिरन सेन, राम्र प्रसाद अर्याल, पदम भट्टराई, पुर्व पार्टि सभापति टिका बहादुर जिसी लगाएतले मन्तव्य राख्नुभएका थियो । कार्यक्रममा नेपाली कागेंस महाधिवेशन प्रतिनीधी बिष्णु पन्थी, पर्यटन एवं कृर्षि बिज्ञ डाक्टर चन्द्र पोखे्रल, स्रोत व्याक्ति खिम बहादुर महत, केशव भण्डारी, रविनन्द्र घिमिरे लगाएतको उपस्थिती रहेको थियो । सिर्सेनी गाउँ कार्य समितिका सभापती रुद्र बहादुर सेनको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सदस्य श्रीराम पोखे्रलले गर्नुभएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग