Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चित्रेको पेशा संकटमा

Published on 3:55:00 PM //


सीता भण्डारी,
पश्चिम नेपालको गुल्मी,अर्घाखांची, पाल्पा जिल्लाका ग्रामीण भेगका डोकामान्द्रा बुन्ने चित्रेको पेशा क्रमश संकटमा पदै गएको छ । गाउंशहर जताततै आजभोली बढ्दो प्लाष्टीक जन्य भांडाकुडाको प्रयोगका कारण बांसबाट बनाइने चित्रेको पेशा समेत संकटमा पदै गएको हो ।
पहिले प्रत्येक घरमा बर्षमा आधादर्जन बढि चाहिने डोकामान्द्रा मानिसको खेतीप्रतीको रुचीको कमिका साथै आधुनिक समानको बढ्दो प्रयोगले कमि आएको अर्घातोष ५ अर्घाखांचीका ७७ वर्षिय चित्रे धनबहादुर विकको भनाइ छ । पहिला बालीप्रथामा बर्षदिन डोका-मान्द्रा बुन्ने गरेकोमा अहिले बल्लतल्ल ज्यालादारीमा समेत काम पाउन मुश्कील हुने गरेको उनको अनुभव छ । दलित जातीका बुढा, पुराना विश्वकर्माले डोकामान्द्रा बुन्ने काममा बढि रुचि राखेपनि अहिलेका युवापुस्ता यो पेशाबाट भन्दा अन्य पेशाबाट बढि आम्दानी लिन थालेपछि चित्राबुन्ने पेशाबाट विमुख हुंदा कमि आएको स्थानीयबासिन्दा बताउंछन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग