Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१ सय २० बर्षे बृद्धले झ्याइँ पारे

Published on 3:15:00 AM //


बुढापाकाले दशैँमा टिका लगाइदिँदा विशासय आयु होस् वा एकसय बिस वर्ष बाँचेस् भनेर आशिक दिन्छन् । त्यसैले मान्छेका लागि १ सय २० वर्ष बाँच्नु पनि भाग्यकै कुरा हो । तर भारतको असमका एक मानिस भने एक सय बिस वर्षम्म बाँचेका मात्र छैनन् उनले त यो उमेरमा बिहे गरेर सबैलाई अचम्ममा पारेका छन् ।
करिमगञ्जको सतघोरी गाउँका मीत हाजी अब्दुल नूरले १ सय २० वर्षो उमेरमा बिहे गरेका हुन् । यति धेरै बुढाले कुन उमेरकी दुलही भित्राएका होलान् भन्ने जिज्ञासा सबैमा उत्पन्न हुनसक्छ । उनले आफ्नो उमेरको अनुपातमा साँच्चीकै तरुनी बेहुली पाएका छन । नूरले आफुभन्दा आधा उमेर कान्छी अर्थात् ६० वर्षी महिलासँग झ्याइँ पारेका हुन् ।
गएको आइतबार भएको बिहेमा उत्तर त्रिपुराको फूलबारी गाउँका सामोइ बीबी ६ बीस उमेर कटेको मान्छेलाई लोग्नेको रुपमा पाउँदा खुसी देखिन्थिन् । बिबाह समारोह भव्य भएको थियो र झण्डै ५ सय जना पाहुनालाई निम्तो गरिएको थियो ।
नूरले मतदाता सूचिमा आफ्नो उमेर १ सय १६ वर्षउल्लेख भएपनि आफ्नो खास उमेर १ सय २० वर्षरहेको बताए ।
पहिली श्रीमतीको ६ वर्षघि निधन भएलगत्तै नूरले दोश्रो बिहे गर्न खोजेका थिए । तर डाँडापारीको जून भएको मान्छेलाई कसले छोरी दिन्थ्यो र – तर इश्वरले जोडि जुराइदिएपछि के लाग्छ । पहिले बिहे गरेको लोग्ने मरेर विधवा बनेकी र छोराछोरी नभएकी बीबीको भाग्यमा दोश्रो लोग्नेको रुपमा नूरलाई पाउन लेखेको रहेछ ।
पहिली श्रीमतीबाट २ छोरा, ४ छोरी तथा थुप्रै नातिनातिमा र पनाती पनातिना गरी १ सय २२ जना सन्तती रहेका नूर दोश्री श्रीमतीबाट पनि वंश वृद्धि गर्न अब सक्षम छैनन् । तर बुढेशकालको सहारा भने अवश्य पाएका छन् । बुवाले सानिमा भित्राएकोमा नूराका छोराछोरी निकै खुसी छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग