Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरु एफ.एम. चौथो बर्षमा

Published on 12:03:00 PM //


अनिल खत्री
गुल्मी जिल्लाको श्रृङ्गामा रहेको रुरु एफ एम ९४.८ मेगाहर्जले सफता पुरर्वक तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रबेश गरेको छ । रुरु मल्टी मिडीया प्रा लि द्धारा संञ्चालित रुरु एफ एम ९४.८ मेगाहर्ज २०६५ साल कार्तिक १३ गते लक्ष्मी पुजाको अबसर पारेर आफनो प्ररिक्षण सुरु गरेको थियो । भाषा कला र संस्कृतिको प्रचार गाउगाउमा सुचना र संञ्चार भन्नेनाराबोकी संञ्चालित यस एफ गुल्मी जिल्ला लगायत छिमेकी अर्गाखाची, पाल्पा , बाग्लुङ्ग प्यूठान, पर्वत, स्याङ्गजा, गरि ३५भन्दा बढी जिल्लाहरुमा प्रस्ट रुपमा सुन्न सकिन्छ । यो एफ एम गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट ग्रामिण बस्तीमा भएता पनि प्रत्येक घण्टा घण्टामा समचार प्रसारण गर्ने गुल्मी जिल्लाको पहिलो एफ एम पनि हो । समाचार र संङ्गगितलाइ मुख्या प्रथामिकताका साथ प्रसारण गर्दै आएको यस रेडियो हाल दैनिक रुपमा १८ घण्टा सुचना ज्ञानबर्दक कार्यक्रमको साथमा प्रसारण गदै आएको छ । गुल्मीको सदरमुकाम तम्घासबाट केहि गाबिस भन्दा पर अर्थात श्रृङ्गामा आफनो स्टेशन रहेको यस रेडियोको प्रसारण क्षमता ५०० वाट रहेको छ । आफनो सफलता पुर्वक तेस्रो बर्ष पुरा गरी चौथो वर्ष प्रबेहको अबसरमा एफ एमले बिभिन्न कार्यक्रमका साथ मनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग