Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहारमा विछोडिनुको पीडा

Published on 12:46:00 PM //


दीपेन्द्र बिष्ट
निधारभरि रातो टीका र गलामा फूलको माला लगाएका इलामका लक्ष्मीप्रसाद आचार्यको अनुहारमा खुसी थिएन । भाइटीकाको तीन दिनअघि घर छोड्दा उनी न्यास्रो मानिरहेका थिए ।
गहभरि आँसु बनाउँदै उनले भने, 'मलाई तिहारमा घर छोड्दा सही नसक्नु भएको छ, मेरी सानी बहिनी इलाममा छन्, यसपालि मलाई टीका लगाइदिन नपाउँदा उनलाई कस्तो भए होला ? मैले कल्पनासम्म पनि गर्न सकेको छैन ।'
मजदुरीका लागि मलेसिया जाँदै गरेका आचार्यलाई मंगलबार कोटेश्वर चोकमा आफन्तहरूले घेरिरहेका थिए । स्वदेशमा रोजगारी नपाउँदा तिहारमा धेरैका दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन नपाएको उनले बताए । उनले भने, 'गत वर्षको तिहार गाउँमै देउसी खेलर मनाएको थिएँ, यसपालि साथीसँग विछोड भयो ।'
जयमाला सिंह तिहारमा टीका लगाउन काठमाडौं आएकी थिइन् । अमेरिका बस्दै आएकी सिंहले कामविशेषले भाइटीकाअघि नै काठमाडौं छोड्नुपर्दा निकै खल्लो लागेको बताइन् । तीन महिनाअघि उनी यहाँ आएकी थिइन् ।
छ वर्षदेखि उनले दाजुभाइलाई टीका लगाउन पाएकी छैनन् । 'यसपालि त म जसरी पनि तिहार मनाएर जान्छु भनेर आएकी थिएँ, समयको बाध्यताले भाइटीकामै दाजुभाइसँग छुट्टनिुपर्‍यो,' उनले भनिन् ।
उनका दाजु मधुकरशमशेर राणाले दाजुभाइ र दीदीबहिनीबीच सद्भाव, प्रेम सम्बन्ध बाँड्ने चाड तिहारमा छुटि्नुपर्दा दुःख लागेको बताए ।
जयलक्ष्मीमाला सिंहले भनिन्, 'अर्को तिहारमा म भाइसँग मनाउने गरी आउँछु ।'
सिंह र आचार्य जस्तै बर्दियाका अनिराम विक, सर्लाहीका सुरेन्द्र मण्डल र उपेन्द्र साहनी पनि आँगनमै आइसकेको तिहार छोड्दा निकै कठिन भएको बताए । 'उसै पनि परदेश जानु, त्यसैमा भाइटीका छोड्दा सही नसक्नु भएको छ' अनिराम विकले भने ।
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कम्प्युटर अधिकृत शान्ता भुजुले अन्य दिनभन्दा तिहारको बेला वैदेशिक रोजगारीमा जानेको संख्या केही कमी भए पनि त्यति अन्तर नदेखिएको बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग