Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा दश महिनामा ६३ हजार कण्डम

Published on 2:57:00 AM //

घनश्याम गौतम 
यौन रोग र एचआईभि एड्स नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको एक गैर सरकारी संस्थाले गुल्मी जिल्लामा १० महिनामा ६३ हजार भन्दा बढी कण्डम वितरण गरेको छ ।

राष्ट्रिय ग्रामिण तथा सामुदायीक विकास केन्द्र (नार्डेक)ले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एकिकृत एचआईभी एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम अन्र्तगत प्रवासी कामदार र तिनका परिवार बिचमा सुरक्षित यौन व्यवहारलाई प्रोत्सान गर्ने र यौन रोग तथा एचआईभी एड्स नियन्त्रण गर्ने उद्देश्यले कण्डम वितरण गरेको हो । संस्थाले जिल्लाका ७९ मध्ये ४० गाविसमा कार्यक्रम संचालन गर्दै आएको छ ।
नार्डेकका कार्यक्रम संयोजक रामबहादुर कुँवरका अनुसार १० महिनामा लक्षित समुदायलाई ६३ हजार ३ सय २७ कण्डम वितरण गरिएको हो । संस्थाले कण्डम वितरणसंगै स्थानीय एफ.एम.हरुबाट एड्स र यौन रोग नियन्त्रणका लागि सचेतना मुलक कार्यक्रमहरु समेत प्रशारण गर्दै आएको संयोजक कु“वरले बताए । जिल्ला एड्स समन्वय समिति संयोजक गिता अर्यालका अनुसार जिल्लामा अहिलेसम्म १ सय ३८ जना एचआईभी संक्रमित फेला परेका छन् । ति मध्ये जिल्ला अस्पतालबाट ३२ जनाले एआरटी सेवा लिंदै आएका छन् ।
१७ औं विश्व कण्डम दिवसको अवसर पारेर नार्डेक र जिल्ला एड्स समन्वय समितिले शनिवार संयुक्त रुपमा तम्घास बसपार्कमा कण्डम वितरण तथा प्रदर्शन गरेको छ । प्रदर्शनका अवसरमा पनि झण्डै ५ सय बढी कण्डम र चेतना मुलक ब्रोसरहरु बितरण गरिएको नार्डेक अध्यक्ष रेशम कुँवरले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग