Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी हत्याका मुख्य अभियुक्त पक्राउ

Published on 2:56:00 AM //

घनश्याम गौतम  
चार दिन अघि ड्यिुटीमै खटिएका प्रहरी माथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । मंगलबार राती नयाँगाउँको मैदानमा सराय नाचका क्रममा स्थानीय युवा विच भएको विवाद नियन्त्रणको प्रयासमा खटिएका प्रहरी जवान माथि नै छुरा प्रहार गरी फरार भएका नयाँगाउँ-८ का २७ वर्षीय नरबहादुर गुरुङ्गलाई प्रहरीले गुल्मीकै हाडहाडे गाविसको जंगलबाट पक्राउ गरेको हो । गुरुङ्गलाई हत्यामा प्रयोग भएको छुरी सहित पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए ।
दशैं पूर्णिमाका दिन नयाँगाउँको मैदानमा सराय नाच भैरहेको अवस्थामा स्थानीय युवाहरुको दुई पक्ष बिच विवाद भएको थियो । विवाद बढ्दै गएपछि नियन्त्रणका लागि नयाँगाउँ प्रहरी चौकीबाट खटेका प्रहरी जवान सुर्यबहादुर थापा माथि नै छुरा प्रहार गरी हत्या गरिएको थियो । उनको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले यस अघि हत्यामा संलग्न भएको आशंकामा नयाँगाउँ-८ गुरुङ्गगाउ“का १० जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ । घटनाका मुख्य अभियुक्त गुरुङ्गलाई प्रहरी नायव निरिक्षक एकबहादुर रानाको नेतृत्वमा खटिएको सादा पोशाकको टोलले हाडहाडे गाविसको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग