Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहार सकियो, सेवाग्राहिको भिड बढ्यो

Published on 2:43:00 AM //

टोपलाल अर्याल
तिहार विदा पछि खुलेका गुल्मी जिल्लाका सरकारी कार्यलयहरुमा सेवा ग्राहीको भीड लागेको छ । तिहार विदा पछि जिल्लाको सदरमुकाममा रहेका अधिकांश सरकारी कार्यलयहरु खुलेका छन् । हिजोवाट कार्यालयहरु खुलेपनि कार्यलयहरुले प्रदान गर्ने सेवा लिनका लागी आजवाट सेवाग्राहीको वढि भिड वढेको हो ।
अध्ययन तथा रोजगारीका शिलशिलामा जिल्लावाट वाहिरीएकाहरुको जमघट हुने समय दशैँ तिहार भएकाले पनि यस वेलामा कार्यालयमा सेवाग्राहीको भीड लाग्छ । सरकारी कार्यलयहरुमध्ये सवैभन्दा वढि जिल्ला प्रसाशन कार्यलयमा सेवा ग्राहीको भीड लागेको छ । नागरिकता वनाउने, प्रतिलिपी निकाल्ने, तथा एमआरपीको लागी सिफासिर वनाउनेहरुको यतिवेला कार्यालयमा भीड लागेको छ ।

दशँै तिहारको समयमा दैनिक १ सय ४५ सम्म नागरिकता वितरण कार्यलयले गरेको निमित्त प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले जानकारी दिनुभयो । त्यस्तै कार्यलयले एमआरपीको लागी दैनिक १ देखि डेढ सयसम्म एमआरपीको लागी सिफारिस दिएको गरेको समेत उहाँले वताउनुभयो । सरकारले सवै जिल्लावाट एमआरपी वितरण गर्न नसक्दा झमेला वेहोर्नुपरेको सेवा ग्राहीको गुनासो छ ।

यसैगरी मालपोत कार्यलयमा पनि जग्गा पास गर्ने, नामसारी गर्नेहरुको भीड लागेको छ । कार्यलयमा अहिले दैनिक २० देखि ३० ओटासम्म जग्गा पास हुने गरेको मालपोत कार्यलयका अधिकृत विजय रानाले जानकारी दिनुभयो । यस्तै जिल्ला विकास समिती, नापी कार्यालय लगायतका कार्यलयहरुमा पनि सेवाग्राहीको भीड लागेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग