Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हङकङमा नचायो गुल्मेली भैलोले (भिडियोहरु)

Published on 2:34:00 AM //


गुल्मी समाज हङकङको आयोजनामा जोर्डन स्थित इण्डिया क्लवमा समाजले देउसी भैलो कार्यक्रममा अतिथिहरुलाई निक्कै नचायो । इण्डिया क्लवमा खचाखच भरिएको हलमा देउसी भैलो पश्चात पनि अतिथि तथा उपस्थित महानुभावहरुले नृत्य प्रदर्शन गरेका थिए । गुल्मी समाजका कलाकारहरुले विविध भैलो तथा नेपाली फिल्म गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष तथा गुल्मी समाजका सल्लाहकार जे एन ज्ञवाली रहेका थिए । प्रमुख अतिथिले गुल्मी समाज हङकङको ९ औं दीपावली सांझ कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्जवलन गरेर गरेका थिए ।
(भिडियोहरु तल छन )
उक्त कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले आफनो शुभकामना मन्तव्यका क्रममा नेपालीहरुको सुख शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । अर्का वक्ता मोना हङकङका अध्यक्ष दल सेवुर्जाले गुल्मी समाज हङकङ र मोना हङकङबीचको आपसी सुमधुर सम्बन्ध अझ अगाडि बढने विचार व्यक्त गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिकारुपमा रहेका थिए । जसमा बरिष्ठ समाजसेवी के बी बुराथोकी, गुल्मी समाजका संस्थापक अध्यक्ष तिलक गाहामगर, समाजका निवर्तमान अध्यक्ष दिल बहादुर बुढाथोकी, च्याम्बर अफकमर्सका उपाध्यक्ष दासुराम पराजुली, लुम्बिनी मंचका अध्यक्ष राजु श्रेष्ठ, मितेरी सेवा समितिका अध्यक्ष तथा हङकङ नेपालीज तेक्वान्दो संघका अध्यक्ष तुल्सी गुरुङ, यूनाइटेड क्रिष्चीयन नेदरसोले सेन्टरका तुल्सी तामाङ(क्यारोल) र चेरी को पनि अतिथि रहेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष पाण्डु श्रीसमगरले गरेका थिए भने, संचालन गुल्मी समाजका सल्लाहकार थल श्रीसमगरले गरेका थिए । उपस्थित महानुभावहरुलाई समाजका सल्लाहकार तथा हङकङनेृपाली डटकमका टिम प्रमुख नेत्र पहराईमगरले आफनो मन्तव्य सहित उपस्थित महानुभावहरुलाई हार्दिक स्वागत गरेका थिए ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग