Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेत्र ज्योति संघको १६ औँ जिल्ला सभा सम्पन्न

Published on 1:59:00 PM //


पि.एम.मगर
गुल्मी जिल्लाको सदरमुकाम तमघासमा सम्पन्न नेपाल नेत्र ज्याति संघको १६ औँ जिल्ला सभामा सचिव अखिलेश्वरप्रसाद पाण्डेयले संघको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष डिल्लीराज भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
संघले आफ्नो २२ वर्षको अवधिमा आँखाको क्षेत्रमा महत्वपुर्ण कार्यहरु गर्दै आएको र विभिन्न अभियान समेत सञ्चालन गर्दै आएको सचिव पाण्डेयले वताए । छोटो समयमै गरेको सेवा कार्यको प्रगतिवाट देशमा रहेका समान उद्येष्यका गैर सरकारी एवं सामाजिक संस्थाहरुको तुलनामा संघ अग्र स्थानमा स्थापित हुनुका साथै दक्षिण एसिया लगायत विकासोन्मुख देशमा समेत यस संस्थावाट दिएको आँखा उपचार सेवालाई अग्रपंक्तिमा लिईएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आँखा उपचार केन्द्रमा मात्र नभई जिल्लाका सवै गाविसहरुमा पुगी सवैको आँखा जाँच गर्ने, आँखा स्वास्थ्य संवन्धि जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यक्रमहरु गर्दै आएको प्रतिवेदनमा जनाईएको छ । नेत्र ज्योति संघले लुम्विनी नेत्र विज्ञान अनुसन्धान संस्थान रण अम्विका शाह आँखा अस्पताल भैरहवा, लायन्स लाकोल आँखा अस्पताल पाल्पा, सेवा नेपाल, लायन्स क्लव र भारतीय राजदूतावासको सहयोग लगायतका विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी निशुल्क आँखा अप्रेशन शिविर, मासिक आँखा जाँच, डायवेटिक रेटिनोप्याथी क्याम्प र वाल आँखा जाँच जस्ता कार्यक्रम सञ्चालन गरी अहिलेसम्म डेढ लाख भन्दा वढीको आँखा जाँच तथा ३ हजार ७ सय ४४ को आँखा अप्रेशन सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ । आगामी वर्षहरुमा आँखा उपचार केन्द्रवाट दिईदै आएको विशेषज्ञ सेवा तथा आँखा अप्रेशनलाई नियमित वनाउने, मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई नियन्त्रण गर्न डायवेटिक रेटिनोप्याथी क्याम्प सञ्चालन गर्ने, आँखा उपचार केन्द्रलाई अस्पताल वनाउनका लागि आवश्यक पुर्वाधारको तैयारी गर्दै जाने, जिल्लाको १ र ३ नं. क्षेत्रमा पनि आँखा उपचार सेवा सञ्चालनका लागि प्राथमिक आँखा उपचार केन्द्र स्थापना गर्न क्षेत्रगत अध्ययन कार्य अगाडी वढाईने योजना रहेको प्रतिवेदनमा उल्लेख छ ।
यता संघका कोषाध्यक्ष डिल्लीराज भुसालले आर्थिक वर्ष २०६७÷०६८ को संघको आम्दानी २ लाख ४२ हजार २ सय २५ रुपैयाँ आम्दानी र ४७ हजार ६१ रुपैयाँ खर्च, आँखा उपचार केन्द्रतर्फ आयगत र एम्वुलेन्स सेवावाट ४६ लाख ५३ हजार २ सय ४५ रुपैयाँ आम्दानी तथा ३२ लाख ४७ हजार ११ रुपैयाँ खर्च प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा आगामी वर्षका लागि संघतर्फ ४ लाख ६४ हजार ७६ रुपैयाँ र आँखा उपचार केन्द्रतर्फ ६३ लाख ३० हजार ४ सय २२ रुपैयाँको आयव्यय प्रस्ताव गरिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग