Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्यवति लोक सांस्कृतिक मेला सूरु, मालिका महोत्व जारी

Published on 2:25:00 PM //


सीत भण्डारी
पर्यटनकालागि लोक संस्कृति र सम्पदाको संरक्षण भन्ने नाराकासाथ ७८ औं सत्यवति लोक सांस्कृतिक मेला २०६८ आज वाट गुल्मीको ठुलोलुम्पेकमा सुरु भएको छ । आज विहानै सत्यवतिको पुजा र वलि दिए सँगै पुजा आज गर्ने दर्शनार्थि हरुको चहलपहल वढेको छ । सत्यवतिसँग जे वर माग्यो त्यहि प्राप्तहुने जनविस्वास रहेका कारण पनि गुल्मी लगायत पाल्पा, स्याङ्जा, वागलुङ्गवाट समेत दर्शनार्थि आउने गर्दछन् । लोक सांस्कृतिक मेलामा विभिन्न स्थानीय कला संस्कृतिको पनि प्रस्तुति रहने मेला संयोजक जितु तरामु मगरले जानकारी दिनुभएको छ । कार्यक्रममा गुल्मी षेत्र नं. १ का सभासद सुदर्सन वलालले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैविच मालिका महोत्व २०६८ पनि गुल्मीको कुर्घा गाविसमा हिजो देखि सुरु भएको छ । वैकुण्ठ चतुर्दशिका दिनदेखि पुर्णिमा सम्म चल्ने महोत्सवमा मालिकाको पुजा आजा गर्नेहरुको घुईचो वढेको छ । मालिका माईसँग आफुले मागेको वर पुरा हुने जन विस्वास रहेको छ । महोत्सवमा दर्शनार्थिलाई पुजाआजका लागि सहज पार्न महिला र पुरुषकालागि छुट्टाछुट्टै पुजागर्ने व्यवस्था मिलाईएको पुजा व्यवस्थापन समितिल जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग