Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला कारागार निर्माणकार्य तिस बर्ष सम्म पनि सकिएन

Published on 5:58:00 PM //


सीता भण्डारी
अर्घाखांचीको सन्धीखर्क स्थीत जिल्ला कारागार लामो समयसम्म निर्माण सम्पन्न हुन नसक्दा विचमै अलपत्र परेको छ । सरकारी बेवास्ताका कारण रकमको अभावमा लाखौ रुपैयां खर्च भैसकेको जिल्ला कारागार अर्घाखांचीको भवन झन्डै तिनदशक वित्नै लाग्दा समेत सम्पन्न हुन नसकेको हो । रकमको अभावमा अहिले कारागारको निर्माणाधिन भवनको केही भाग समेत भत्कीदै गएको छ । विगतका दोन्द्धका कारण समेत सम्पन्न हुन नसकेको कारागार जिल्लामा अन्य भौतीक पुर्वाधार पुन निर्माण हुंदा समेत रकमको अभावमा जिर्ण बन्दै गएको छ । पटक पटक केन्द्रमा रकम माग गर्दा समेत बजेट अभावमा कारागार सम्पन्न हुन नसकेको अर्घाखांचीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको दावी छ । कारागारको अभावमा अर्घाखांचीका थुनुवा कैदीलाई जिल्ला वाहिर कपिलवस्तु, गुल्मी, लग्नुपर्ने बाध्यता रहंदै आएको प्रशासनको भनाइ छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग