Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासनद्वारा बन्दिहरुको सम्पूर्ण माग पुरा गर्ने आश्वासन, टुंङ्गियो रिले अनशन

Published on 2:04:00 PM //


जनार्दन घिमिरे
जिल्ला कारागार गुल्मीका वन्दीहरुले विहिवार वेलुकिदेखि कारागार प्रमुखको सरुवाको माग गर्दै शुरु गरेको रिले अनशन शनिबारको  सहमतिपछि टुंङ्गियको छ । पहिलो चरण अन्तर्गत ६ दिन अघिदेखि विभिन्न छ वुँदे माग सहित ४८ घण्टे रिले अनशन शुरु गरेका वन्दीहरुको मागलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले केही मागहरु आज आईतवार पुरागरि दिने अन्य मागहरुको विषमा १५ दिन भित्रमा पुरा गर्ने आश्वासन पछि वन्दीहरुले ४६ घण्टापछि रिले अनशन टुंङ्गीएको वताएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयवाट गएको वार्ता टोली र वन्दीहरु वीच भएको वार्तामा कारागार प्रमुख कृष्णप्रसाद अधिकारीलाई आजैदेखि कारागारमा नपठाउने, कारागरमा भोलीदेखि वन्दीहरुलाई फोन गर्नकोलागि टेलीफोनको व्यवस्था गरिदिने सहमति समेत भएको थियो । प्रशासनले दिएको १५ दिनको समयावधिमा पनि आफ्ना मागहरुको विषयमा कुनै सुनुवाई नभएमा वन्दीहरुले तत्कालै आमरण अनशन शुरु गर्ने वताएका छन् ।
कारागार प्रमुखले वन्दीहरु माथि दमन शोषण गरि अमानवीय व्यवहार गरेको र राज्यले उपलव्ध गराएको सेवा सुविधाहरु पनि नियमसंगत तरिकाले वन्दीहरुलाई नदिएको भन्दै विहिवार वेलुकिदेखि वन्दीहरुले दोश्रो चरणको आन्दोलन अन्तर्गत ४८ घण्टे रिले अनशन शुरु गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग