Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पिपलधारा एमाले गाउँ कमिटी अध्यक्षमाथी हातपात

Published on 2:41:00 PM //


शिबलाल सुबेदी
नेकपा एमाले पिपलधारा गाउँ कमिटीमा अध्यक्ष बाबुराम खड्कामाथी हातपात गर्ने ३ जनालाई सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।
शनिवार राती गाउँ कमिटी अध्यक्ष खड्कामाथी आफ्नै पसलमा बसिरहेको अवस्थामा स्थानीय ३ जना युवाहरुले हातपात गरेका थिए । यसरी हातपात गर्नेहरु पिपलधार गाविस ५ निवासी बिरेन्द्र थापा, नयागाउँ गाविस ६ बस्ने विजय के.सी.र नयागाउँ ६ निवासी कुष्ण खत्री रहेका छन । थापा, के.सी.र खत्री माथी आईतबार जिल्ला प्रहरी कार्यलय गुल्मीले अनुसन्धानपछि सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरिक्षक ओमप्रकाश चौधरीले जानकारी दिएका छन । प्रहरी निरीक्षक चौधरीका अनुसार खड्का माथी हातपात गर्ने मध्ये २ जना अन्य एक दुई स्थानहरुमा पनि दादागीरी गदै हिड्ने गरेको बताए । खड्का माथी हातपात गर्नेहरुलाई शनिवार राती नै नयाँगाउँबाट खटीएको प्रहरीस् टोलीले नियन्त्रणमा लिई शनिवार बिहान जिल्ला प्रहरी कार्यलयमा ल्याइएको थियो । ती ३ जना युवाहरुले खड्काको पसलमा पुकार किनेर पुरानो नोट दिएपछि यो नोट त चल्दैन भनेपछी एक्कासी आफुमाथी हातपात गरेको पिडित खड्काले वताएका छन् । खडकको मुख तथा शरिरका बिभिन्न स्थानमा चोट लागेको छ । खड्कामाथी हातपात गर्ने युवाहरु नेपाली काग्रेस निकट रहेको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग