Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै गाविसमा ८६ आँखा रोगी

Published on 3:35:00 PM //


घनश्याम गौतम
ह्वाङ्दीमा आँखाको जटिल प्रकृतिका ८६ रोगी फेला परेका छन् । नेत्रज्योति संघको वाषिर्क कार्यक्रम अनुसार आँखा उपचार केन्द्र र स्थानीय मदाने युवा क्लबको आयोजनामा आइतबार गरिएको निःशुल्क आँखा उपचार शिविरमा विभिन्न प्रकृतिका झण्डै २ सय रोगी फेला परेका छन् । गाउँका २ सय ७ जनाको आँखा परिक्षण गरिएकोमा ५२ जनामा मोतिया विन्दु, २६ जनाको तत्कालै अप्रेसन गर्नुपर्ने अवस्था, ६ जना दुवै आँखा नदेख्ने, १ जनाको जलविन्दु र १ बच्चाको भिटामिन ए कमीका कारण रतन्धो भएको फेला परेको केन्द्रका इन्चार्ज सूर्य बस्नेतले बताए ।

निःशुल्क उपचार शिविरमा परीक्षणका लागि आएकामध्ये १ सय ५ जनालाई चश्मा आवश्यक परेको र अन्य ४६ जनामा अन्य रोग फेला परेकाले औषधी उपलब्ध गराइएको नेत्रज्योति संघका सचिव अखिलेश्वर प्रसाद पाण्डेले बताए । शिविरमा इन्चार्ज बस्नेतको नेतृत्वमा ६ जना प्राविधिकसहितको टोलीले आँखा परीक्षण गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग