Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बारुदी सुरुङ्ग जोखिम शिक्षा विषयक जनचेतनामुलक कार्यक्रम सम्पन्न

Published on 1:33:00 AM //


पि.एम.मगर
जिल्ला शिक्षा कार्यालय गुल्मी र कालीदत्त गुल्म धागिथुम व्यारेकको संयुक्त आयोजनामा बारुदी सुरुङ्ग जोखिम शिक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम तम्घासमा सम्पन्न भएको छ । द्वन्द्व कालमा प्रयोग गरिएका विष्फोटक पदार्थहरु वेवारिसे अवस्थामा फेला पर्नसक्ने सम्भावना क्षेत्रहरु पहिचान गरी सम्भाव्य दुर्घटना न्युनिकरण गर्न सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विष्फोटक पदार्थहरुको प्रकार, वारुदी सुरुङ्ग जोखिम शिक्षा, अपरिचित वस्तुहरु फेला परे अपनाउने तरिकाहरु, खवर गर्ने निकायहरुबारे छलफल गरिएको थियो । कार्यक्रममा उपल्लो तम्घास मा.वि., र सिद्वबाबा उच्च मावि तमघासका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखाा अधिकृत हरिलाल अर्याल, विद्यालय निरीक्षक झविलाल विक र कालिदत्त गुल्मका गुल्मपति सेनानी सन्तोषकुमार थापाले कार्यक्रमको वारेमा जानकारी दिनुभएको थियो । गुल्मीको द्धन्द प्रभावित गाविसहरु पहिचान गरी त्यस गाविसका विद्यार्थीहरुमा पनि यो कार्यक्रम सञ्चालन गरिने जानकारी गराईएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग