Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन ट्रक चालक कुटिए

Published on 5:10:00 PM //


घनश्याम गौतम
मलाम गएर फर्कदैं गरेका मलामीहरुबाट गौडाकोटमा तिन ट्रक चालक कुटिएका छन् । चालकहरु ना २ ख ४६८२ ज्ञानबहादुर पल्ली, ना २ ख ५२४८ का नुतन थापा र ना २ ख ९२४० गोपाल खत्री कुटिएका हुन् । प्रहरीका अनुसार रातीमा भएको घटनाका कारण कुट्नेहरु पहिचान नभएकाले मलामीहरुबाटै संयुक्त रुपमा १ लाख ५० हजार रुपैंया जरिवाना गराएर सहमतिमा मिलेका छन् ।
गौडाकोटमा साईड दिने क्रममा चालकहरु र मलामी बिच भएको विवाद बढे पछि चालकहरु कुटिएका थिए । कुटिएका चालकहरुले सुनको सिक्रि र नगद पैसा हराएको गुनासो गरेका थिए । दुवै पक्षबाट गल्ती भएको स्वीकार गर्दै हराएका सुन, नगद र पीडितहरुको उपचार समेतका लागि आइतवार रकम तिरेर मिलापत्र गर्ने सहमती भएपछि उजुरी दर्ता नभएको प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग