Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी वामीका युवाहरु एकजुट

Published on 5:10:00 PM //


मनोज बस्नेत
बिद्यमान बिकृती बिसङतीलाई निरुत्साहीत गरी सभ्य र समृद्ध समाज निमार्णको लागी भन्दै गुल्मीको वामि गाविसका युवाहरु एकजुट भएका छन् । वामीमा गठन भएका क्लब, स्थानीय राजनितीक दल, समाजसेबी र बुद्धिजीवीहरुको वामीमा आज भएको भेलाले सन्तोष शाक्यको अध्यक्षतामा गाविसका युवाक्लबहरुको प्रतिनीधीत्वमा १५ सदस्यीय वामी स्तरीय युवाक्लब तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सह–सयोंजकमा बिक्रम श्रेष्ठ, सचिवमा नारायण सापकोटा र कोषाध्यक्षमा चुरामणी सापकोटा लगाएत अन्य सदस्य र हनुभएको छ ।
सिर्जनात्मक काम र पुरानो कला सस्ंकृतिको सरक्षंणका र विकास, बिकृति बिसङतीको अन्त्य र ऐतिहाँसिक, पुरातात्विक तथा खेलकुद क्षेत्रको विकास तथा प्रचार प्रसारमा नव गठित समिति क्रियाशील रहने बताईएको छ । कार्यक्रममा हाल निष्कृय रहेको बामीकै आदर्श युवा क्लबको १८ हजार रकम नव गठित समितिलाई प्रदान गर्ने निष्कृय आदर्श युवा क्लबका सदस्य मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । मोहनलाल श्रेष्ठ, भुवन केसी र सुर्दशन शाक्यको निवार्चन सयोंजक मण्डलमा तर्दथ समिति गठन भएको हो । भेला बयोबृद्ध कृष्णहरी सापकोटाको अध्यक्षता र शिक्षक कृष्ण काफ्लेको सञ्चालनमा सम्पन्न भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग