Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्रेश्वर मेलाको तैयारी अन्तिम चरणमा

Published on 4:54:00 PM //


तेजेन्द्र थापा
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि गुल्मीको शान्तिपुरमा चक्रेश्वर मेला २०६८ धुमधामकासाथ मनाउने तयारी हुदैछ । "शान्तिपुरको शान, हाम्रो परम्परा हाम्रो पहिचान" भन्ने नाराका साथ मेला भब्य र सभ्य तरिकाले सफल बनाउन स्थानीय श्री शान्ति युनेस्को क्लबका साथै स्थानीय युवाहरु मेलाको तयारीमा जुटेका छन् । मेलामा राष्ट्रिय ख्याती प्राप्त  कलाकारहरुका साथै स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ साथै साँस्कृतिक कार्यक्रमका अलावा भेकिय भलिबल प्रतियोगिता पनि आयोजना गरियको छ ।  भलिबल प्रतियोगिताको बिजेता टिमलाई नगद रु.३००००, मेडल र प्रमाणपत्र त्यसैगरी उपबिजेतालाई नगद रु २०००० का साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रम यहि मंगसिर ७, ८ र ९ गते गुल्मीकै शान्तिपुरमा सन्चालन हुनेछ ।
त्यसैगरी ८ गते बालाचतुर्दशीका दिन चक्रेश्वर मन्दीरमा लाग्ने मेलालाई ध्यानमा राख्दै चक्रेश्वर मन्दीर ब्यबस्थापन समिति पनि आवश्यक तयारीमा जुटेको छ र अहिले मन्दीरमा रंगरोगन गर्न र सरसफाईका साथै खोलामा वारपार गर्न अस्थाइ पुल हाल्ने काम हुँदै छ । यो चक्रेश्वर मेला गुल्मी छेत्र न. १ को सबैभन्दा ठुलो मेलाको रुपमा चिनिन्छ । यहाँ मेला हेर्न र चक्रेश्वर महादेवको दर्शन गर्नका साथै सत्बिज छर्न हजारौ मान्छेको उपस्थिति हुन्छ । यहाँ गुल्मीका बिभिन्न गा.बि.स.,बाग्लुंगका विभिन्न गा.बि.स.का साथै, तम्घास, बुटवल, पाल्पा लगायत बिभिन्न स्थानबाट दर्शनार्थिहरु मेला भर्न र दर्शन गर्न आउने गर्छन ।                    

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग