Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा विनासको खतरामा पर्दै

Published on 1:34:00 AM //


पि.एम.मगर
विकास, संरक्षण तथा संवद्र्धनको अभावमा गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपुर्ण रमणीय क्षेत्र रेसुुङ्गा यतिवेला विनासको खतारामा परेको छ । दिनानुदिन वन फडानी तथा चोरी निकासी वढ्दै गईरहेको र यसतर्फ संवन्धित पक्षको ध्यान जान नसक्दा खतरामा पर्दै गईरहेको एक कार्यक्रमका सरोकारवालाहरुले वताएका छन् । समयमै रेसुङ्गाको संरक्षणतर्फ ध्यान नगए रेसुङ्गा मात्र नभई समग्र गुल्मी जिल्लाको नै एउटा अस्तित्व मेटिएर जान सक्ने उनीहरुले चेतावनी समेत दिएका छन् । जिल्ला वन कार्यालय गुल्मीको वार्षिक कार्यक्रम अन्तर्गत इको क्लव, सिद्धवावा उच्च माध्यमिक विद्यालय र जिल्ला वन कार्यालय गुल्मीको आयोजनामा सम्पन्न रेसुङ्गा संरक्षण गोष्ठी २०६८ मा सहभागी सरोकारवालाहरुले यस्तो कुरामा जोड् दिएका हुन् ।
गोष्ठीमा रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले रेसुङ्गा वनको संरक्षणको पक्षमा चालेका हरेक कृयाकलापहरुमा समिति असफल भएको गुनासो गर्दै रेसुङ्गाको संरक्षणका लागि तत्काल कडा कदम चाल्नुपर्ने र यस अभियानमा प्रहरी, प्रशासन तथा सेना लगायत राजनीतिक दलको क्षेत्रवाट पनि सहयोग हुनुपर्नेमा जोड् दिए । त्यस्तै समितिका सचिव कुञ्जरमणी गौतमले दिनानुदिन व्यापक वन फडानी तथा चोरी निकासी कार्य वढिरहेकोले यसको अस्तित्व नै खतरामा परेको वताए । उनले वरिपरीका सामुदायिक वनहरुको संरक्षणको नाममा उपभोक्ताहरुद्धारा रेसुङ्गा वनमाथि प्रत्यक्ष प्रहार भईरहेको भन्दै यसको संरक्षणमा सवैको एक मत हुनुपर्ने र योजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
रेसुङ्गाको नाममा धेरै कार्यक्रमहरु सञ्चालन गर्ने र आय आर्जनको माध्यम वनाउने गरेको तर संरक्षणको क्षेत्रमा ध्यान पु¥याउन नसकेको समितिका उपाध्यक्ष युवराज भण्डारीले वताए । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले वन फडानी तथा चोरी शिकारीलाई न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै अनुगमनको पाटोलाई पनि विशेष महत्व दिनुपर्नेमा जोड् दिए । त्यस्तै कालीदत्त गुल्मका गुल्मपति सेनानी सन्तोषकुमार थापाले रेसुङ्गाको संरक्षणका लागि अफ्नो पक्षवाट सधै सहयोग रहने प्रतिवद्धता जनाए । त्यस्तै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले पनि आफुहरु सधै रेसुङ्गा क्षेत्रको संरक्षण तथा विकासको पक्षमा रहेको भन्दै यस्ता खालका हरेक गतिविधीहरुमा एक मत भएर लाग्ने वताएका थिए ।
३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा जंगलमा रातो मृग, खरायो, चितुवा लगायतका जंगली जनावरहरु रहे पनि अहिले चारी शिकारी वढ्दो रहेको छ । रेसुङ्गामा झण्डै ३ सयको संख्यामा रातो मृग रहेको अनुमान छ । गोष्ठीमा नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, राप्रपाका टोपवहादुर वस्नेत, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डे, निमित्त जिल्ला शिक्षा अधिकारी थानेश्वर घिमिरे, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, सिद्धवावा उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झकवहादुर थापा लगायत शिक्षक, इको क्लवका पदाधिकारी, पत्रकार लगायतको सहभागीता रहेको थियो । जिल्ला वन अधिकृत शिवप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक टिका खड्काको स्वागत मन्तव्य तथा जिल्ला वन कार्यालयका कर्ण पाण्डेको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग