Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा तेश्रो राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता शुरु

Published on 8:49:00 PM //

जनार्दन घिमिरे/मनोज बस्नेत/अनिल खत्री

गुल्मी जिल्लामा आजदेखि माध्यमिक विद्यालय स्तरीय तेश्रो राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको आज एक कार्यक्रमका वीत पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दीपक कोईर।लाले उद्घाटन गरेका थिए ।  आजदेखि तीन दिनसम्म संचालन हुने उक्त खेलमा गुल्मी जिल्लाका ३१ वटा विद्यालयहरुले भाग लिएका छन् । जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा संचालन गरिएको तेश्रो राष्ट्रपति रनिङ्गशिल प्रतियोगिताको पहिलो दिन विभिन्न विद्यालयका सहभागी छात्रछात्राहरुले मार्चपास गर्नुका साथै खुकुरि नाँच र कराते खेल समेत प्रस्तुत गरेका थिए । 
प्रतियोगितामा छात्र छात्रा वीच भलीवल र एथलेटीक्स अन्र्तगतका विभिन्न खेलहरु खेलाईले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्दवहादुर विश्वकर्माले जानकारी दिएका छन् ।  जिल्ला सदरमुकाम तमघासमा उपयुक्त खेल मैदान नभएको र भएको एउटा खेल मैदानमा पनि वर्षाको समयमा पानीको मुहान फुटेने र पानी जमिरहने समस्याका कारण गत असोज महिनामा नै संचालन गर्ने भनिएको राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता एक महिना ढीला शुरु गरिएको हो । खेल मैदानलाई व्यवस्थित गर्नकोलागि सदरमुकाम तम्घास थागिथुम स्थित कालीदत्त गुल्मका नेपाली सेनाका जवान तथा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी जवानहरुले सहयोग पुराएका थिए । 
आज पहलो दिनका ८ बिद्यालय बिच भलिवल प्रतियोगिता भएको छ । जस मध्ये आर्दश उच्च माध्यमिक बिद्यालय दिगाम र त्रिभुवन माध्यमिक बिद्यालय पराल्मी ,सोमरभोमर माध्यमिक बिद्यालय हाहाडे सारदा माध्यमिक बिद्यालय अम्मर अर्वाथोक ,महेन्द्र आर्दश उच्चमाध्यमिक बिद्यालय वामीटक्सार र नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक बिद्यालय मुसिकोट मैदान, राजरुङ्गखा माध्यमिक बिद्यालय गौडाकोट र धर्मपुर उच्चमाध्यमिक बिद्यालय ठुलो लुम्पेक बिच प्रतियोगिता सम्पन्न भएको छ।
आजका खेलहरुमा आर्दश उच्च माध्यमिक बिद्यालय दिगाम, सोमरभोमर माध्यमिक बिद्यालय हाडहाडे, महेन्द्र आर्दश उच्च माध्यमिक बिद्यालय वामीटक्सार, राज रुङ्गखा माध्यमिक बिद्यालय गौडाकोट बिजयी भएका छन । बाँकी खेलहरु भोलि बिहान ७. ३० बजेबाट सुरु हुने जिल्ला खेलकुद बिकाश समितीले जनाएको छ । प्रतियोगितामा फुटवल, हाइजम्प, लङजम्प, एथलेटीक्स, दौड लगायतका प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष तथा प्रतियोगिता मुल-आयोजक समितीका अध्यक्ष गोबिन्द बहादुर बि.क ले जानकारी दिनुभएको छ । पश्चिमाञ्चल खेलकुद बिकाश समितीका अध्यक्ष दिपक कोइरालाद्धारा उदघाटन भएको प्रतियोगिता यहि कार्तिक २१ गते सम्म सञ्चालनहुने छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग