Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर अधिबेशनका तैयारी शुरु

Published on 8:40:00 PM //


पि.एम.मगर
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म गुल्मीको सदरमुकाम तमघासमा हुन गईरहेको नेपाल मगर संघको केन्द्रीय महाधिवेशनको तैयारीका विषयमा अन्तरकृयात्मक छलफल कार्यक्रम आज सम्पन्न भएको छ । सदरमुकाम तमघासमा सम्पन्न छलफल कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं लुम्विनी अञ्चल इन्चार्ज वालसिँह काउछा मगरले महाधिवेशनलाई ऐतिहाँसिक तथा सफलतापुर्वक सम्पन्न गर्नका लागि केन्द्रीय समिति लागिपरिरहेको र जिल्ला तथा गाउँ स्तरमा पनि आ–आफ्नो क्षेत्रवाट आजैदेखि एक भएर लागि पर्न समितिहरुलाई निर्देशन दिनुभएको छ । साथै महाधिवेशन सम्पन्न गर्नका लागि आजैदेखि आर्थिक संकलन तथा आजिवन सदस्यता वितरणलाई निरन्तरता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ । 
कार्यक्रमवाट संघका जिल्ला कोषाध्यक्ष हिरासिँह सराङ्गकोटी मगर संयोजक तथा प्रितम काउछा मगर उपसंयोजक रहनुको आर्थिक समिति, जिल्ला सचिव जितु तरामु मगर संयोजक र डोरविक्रम श्रीस मगर उपसंयोजक रहनुभएको प्रचारप्रसार समिति, झगवहादुर मिदुन मगरको संयोजकत्वमा स्वयंसेवक समिति, उदय पुन मगरको संयोजकत्वमा साँस्कृतिक समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं लुम्विनी अञ्चल इन्चार्ज वालसिँह काउछा, जिल्ला अध्यक्ष श्रीप्रसाद भलामी मगर, नेपाल मगर युवा संघका केन्द्रीय सदस्य रमेशकुमार काउछा मगर, सिद्धवावा उच्च माध्यमिक विद्यालयका प्राचार्य डोरविक्रम श्रीस मगर, आदिवासी पत्रकार महासंघ गुल्मीका सचिव पि.एम.मगर, विभिन्न गाउँ समितिका अध्यक्ष तथा पदाधिकारी सदस्यहरु लगायत समितिका संपुर्ण पदाधिकारी, अगुवा मगर व्याक्तित्वहरुको समेत सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग