Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भुतपुर्व सैनिकलाई ५७ करोड वितरण

Published on 9:51:00 PM //


विष्णु पौडेल
गुल्मीमा भुतपुर्व भारतीय सैनिकहरुलाई यस वर्ष झण्डै ५७ करोड रुपैयाँ वितरण गरिएको छ । सदरमुकाम तम्घासमा गत कार्तिक २१ गतेदेखि सञ्चालन भएको पेन्सन क्याम्पको अन्तिम दिन आजसम्ममा ९ हजार भुतपुर्व सैनिकहरुलाई उक्त रकम वितरण गरिएको हो ।
क्याम्पमा गुल्मी जिल्लाका ७९ ओटै गाविस, छिमेकी जिल्ला वाग्लुङ्गका १७, प्युठानका ५ र अर्घाखाँचीका ४२ गरी १ सय ३४ गाविसका भुतपुर्व भारतीय सैनिकहरुलाई पेन्सन वितरण गरिएको जिल्ला सोल्जरवोर्ड कार्यलयका प्रमुख चन्द्रवहादुर कुँवरले जानकारी दिनुभयो । कार्यलयले भारतीय भुतपुर्व सैनिकहरुको लागी निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ ।
पेन्सन क्याम्पमा उल्लेखनीय व्यापार हुने भएकाले व्यापार गर्न भारतीय वजार सुनौली लगायत, नेपालका वुटवल भैरहवा, नारायणगढ लगायतका स्थानका व्यापारीहरु पेन्सन क्याम्पमा आएका थिए । पेन्सन क्याम्प जाडोको समयमा भएकाले जाडोमा प्रयोग गरिने जकेट, वलाङ्केट, स्वीटर, टोली साथै सिद्राको वढि व्यापार भएको व्यापारीहरुले वताएका छन् । गुल्मीमा ६÷६ महिनामा पेन्सन क्याम्प सञ्चालन हुने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग