Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर अभियान वर्ष सफल पार्न तम्घासमा जनचेतना

Published on 5:58:00 PM //


गगनशिला खड्का
कर कार्यान्वयन अभियान वर्षलाई प्रभावकारी बनाउनको लागी करयोग्य कारोवार गर्नेहरुलाई करको दायरामा ल्याउने गरी चेतनामूलक कार्यक्रमको जरुरी रहेको गुल्मीका सरोकारवालाहरुले ठहर गरेका छन् । करको विषयमा व्यावसायीमा भ्रम रहेकोले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी करको दायरामा ल्याउन सकिने उनीहरुको ठहर छ । कर सप्ताहको अवसरमा आन्तरीक राजस्व कार्यालय बुटवलले गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न गरेको जनचेतनामूलक कार्यक्रममा उनीहरुले करलाई व्यबस्थीत बनाउनुपर्नेमा समेत सुझाब दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले कर प्रणलीलाई व्यबस्थीत, पारदर्शी र प्रभावकारी ढंगले अगाडी बढाउन जनचेतनालाई अगाडी बढाउनुपर्ने बताए । “सरकारको यो अभियानलाई सफल पार्न जनचेतनाको कुरामा बढी ध्यान दिनुपर्छ, सदरमुकाम मात्र होईन गाउँ गाउँमा पनि चेतनाका कार्यक्रम लैजानुपर्छ”,  नेपालीले भने । प्रहरी नायव उपरीक्षक राजकुमार बैदबारले करको दायरामा ल्याउन सहयोगको लागी प्रहरी प्रशासन तयार रहेको र घरेलु मदिरा जस्ता विना दर्ता सञ्चालन भएका उद्योगहरुलाई पनि करको दायरामा ल्याउन सबैको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
गुल्मीका कोष तथा लेखा नियन्त्रक राजेन्द्र आचार्यले साना भन्दा साना व्यापारीबाट पनि प्रहरी प्रशाशन लगाएर कर लियो भन्ने विषयमा भ्रममा नपर्न आग्रह गर्दै जस्ले व्यबसाय गर्छ र आम्दानी गर्छ उसले अनिवार्य रुपमा करको दायरामा आउनुपर्ने बताए । आन्तरीक राजस्व कार्यालयले करदाताको सहयोको लागी गुल्मी जिल्लाबाट व्याबसायीको सहजताका लागी अन्तःशुल्क मात्र लिने गरीएको आचार्यले जानकारी दिए ।
कार्यक्रममा करकै कारणले गतसाल नेपालको राजस्वमा ७ अर्व थप योगदान सिर्जना गरेकोले यसवर्ष नयाँ करदाताको सँख्या १ लाख ५५ हजार पुर्याउने लक्ष्य अनुरुप कर अभियान बर्ष सञ्चालन गरीएको आन्तरीक राजस्व कार्यालय बुटवलका कर अधिकृत धनिश्वर अर्यालले बताए । “गतवर्ष कर कार्यान्वयन अभियान वर्षको नेपालको राजस्वमा थप ७ अर्व योगदान सिर्जना गरेको हो “यसैलाई मध्यनजर राखेर यसवर्ष नयाँ करदाताको सँख्या १ लाख ५५ हजार पुर्याउने अभियान छ” र्यालीपछि लाँकुरीमञ्चमा आयोजीत कोणसभामा उनले भने, “यस वर्ष नयाँ मूल्य अभिबृद्धि करमा १८ दर्ता हुने छन्, ४५ सय ४५ सय अहिले पानमा रहेका करदाताहरु मूल्य अभिबृद्धिअकमा जानेछन् ।” घरबहाल करमा बढोत्तरी हुने र निजी क्षेत्र र सरकार साझेदारी गरेर अगाडी बढ्ने विश्वास सरकारको रहेको उनले बताए ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले व्याबसायीहरुले आर्जेको कमाईबाट सरकारलाई कर तिरेर देश निर्माणमा सहभागी बनाउने अभियानस्वरुप यो कार्यक्रम गरीएको बताए । गुल्मी उद्योग वाणिज्यसंघ पुतलीबजारबाट शुरु भई बजार परीक्रमा गर्दै लाँकुरीमञ्चमा कोणसभामा परीणत भएको र्यालीमा गुल्मीका व्यापारी व्याबसायी, प्रशासन तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी पत्रकार तथा नागरीकहरुको सहभागीता थियो ।
गुल्मी उद्योग वाणिज्य संघमा साउन देखि कार्तिक मसान्त सम्म सञ्चालन गरीएको व्यबसाय दर्ता अभियानमा ८ सय करदाताले पसलहरु दर्ता गरेको र यो अभियानले सबै व्याबसायी करको दायरामा आउनुपर्छ भन्ने चेतनाको विकाश भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग