Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिंसा न्युनीकरणका लागी जनचेतनाको खाँचो

Published on 6:24:00 PM //


भरत पाण्डेय
महिला माथी हुने हिंसा न्युनीकरण्का लागी महिलाहरुनै एकजुट भएर अगाडी बढ्नुपर्ने गुल्मीको जैशिथोकका महिला अगुवाहरुले बताएका छन । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज पाचौ दिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला मानवअधिकार रक्षक संजालको आयोगनामा गरिएको सचेतना कार्यक्रमका बतmाहरुले यस्तो बताएका हुन । उनिहरुले महिला हिंसा न्युनीकरणका लागी सबैभन्दा पहिले महिलाहरुमा चेतनाको विकास हुनपर्ने बताएका छन । जब एउटा घरमा नारी शिक्षीत हुन्छे तब त्यस घरको परिवारनै शिक्षीत हुन्छ भन्ने भनाईलाई व्यवहारमा लागु गर्नुपर्ने महिला अगुवाहरुको भनाई छ ।
गुल्मी क्षेत्र नं ३ को जैसिथोक गाविसमा परिचालन भएका सामुदायिक संस्थाका पदाधिकारीहरुका विच गरिएको सचेतना कक्षामा सहभागी महिलाहरुले घरेलु हिंसाबाट प्रताडित बनेका महिलाहरुको राहतका लागी सरकारले विषेश कार्यक्रम सञ्चालन गनुपर्ने माग समेत राखेका छन । शान्ति नमुना महिला समुहकी अध्यक्ष निर्मला भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा इन्सेक सहजककर्ता तथा महिला मानवअधिकार रक्षक संजालकी सदस्य शान्ता पोखरेलले महिला हिंसा विरुद्धको १६ दिने अभियानमा जैसिथोक गाविसमा रहेका प्रंगतिशिल महिला समुह शान्ति नमुना महिला समुहहरुका पदाधिकारीहरुका विच महिला माथि हुने हिंसा विरुद्धको जनसंचेतना कार्यक्रमको सहजिकरण गरेको महिला मानब अधिकार रक्ष्क सञ्जाल गुल्मीका सचिब गगनशिला खड्काले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग