Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहभागितामुलक योजना तर्जुमा गर्ने उदेश्यले सदरमुकाममा पूर्व योजना गोष्ठि

Published on 6:10:00 PM //


सहभागितामुलक योजना तर्जुमा गर्ने उदेश्यले गुल्मी सदरमुकाममा पूर्व योजना गोष्ठि गरिएको छ । गोष्ठिबाट जिल्ला विकास समिति गुल्मीको आर्थिक वर्ष २०६९/७० योजना तर्जुमा गरिएको छ ।
सहभागीतामुलक पूर्व योजना तर्जुमा गोष्ठिमा विषयगत कार्यालय, गाविस, एवं गैरसरकारी संस्थाका काम कसरी प्रभवकारी बनाउन सकिन्छ भन्ने बारे छलफल भएको थियो। राष्ट्रिय योजना आयोगको आवधिक योजना, सम्बन्धित मन्त्रालय र विभागको निर्देशन अनुसार स्रोतको अनुमान, वजेट विनियोजन गर्ने लगायत विषयमा पनि छलफल भएको थियो। आगामि आर्थिक वर्षदेखि जिल्लामा प्राप्त बजेटको १५ प्रतिशत रकम कृषि क्षेत्रका लागी विनियोजन गर्नुपर्नेमा गोष्ठीका सबै सहभागी एक मत भएका थिए। गुल्मीका स्थानिय विकास अधिकारी हिरालाल रेग्मीले योजनाबारे जनतालाई जानकारी नहुँदा अपेक्षित लक्ष्य हासिल हुन नसकेको धारणा राखेका थिए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग