Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा जंगलमा दुई प्रजातीका दुर्लभ गिद्ध भेटिए

Published on 8:50:00 PM //


घनश्याम गौतम
धार्मिक एवं पर्यटकिय महत्व बोकेको रेसुङ्गा क्षेत्रमा लोपोन्मुख दुई प्रजातीका गिद्ध फेला परेका छन् ।
रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघले पाँच दिन लगाएर गरेको अनुसन्धानमा नेपालबाटै लोप हु“दै गएका सेतो गिद्ध र सुने गिद्ध फेला परेका हुन् । संघका अनुसन्धान अधिकृत ज्योतेन्द्र ज्यू ठकुरीले अनुसन्धानमा रेसुङ्गा क्षेत्रमा ७० देखि ८० प्रजातीका पंक्षीहरु फेला परेको बताए । ‘उनीहरुको बासस्थान, खानपान र दुर्लभ पंक्षीहरुको अनुसन्धान बाँकी  नै छ’, पा“च दिनको अनुसन्धानपछि ठकुरीले भने, ‘अब आर्को चरणमा अनुसन्धान गरेर अन्य पंक्षीको समेत पहिचान गरिनेछ ।’ संघले ओरियण्टल बर्ड क्लबको सहयोगमा यस क्षेत्रमा पहिलो पटक पंक्षीहरुको अनुसन्धान गरेको हो ।
झण्डै ५ हजार हेक्टरमा पैmलिएको रेसुङ्गा क्षेत्र पंक्षीसंगै मृग, कालिज, चितुवा लगायतका जनावरहरुको आश्रय स्थल समेत हो । त्यस्तै रेसुङ्गा जंगल बहुमुल्य जडीबुटी र धार्मिक एवं ऐतिहासिक महत्वका सम्पदाहरुको समेत संरक्षित क्षेत्र हो । यस क्षेत्रमा रहेका पंक्षीहरुको अनुसन्धान र संरक्षण गर्न सकेमा विश्वका दुर्लभ पंक्षीहरुको संरक्षण क्षेत्रमा रेसुङ्गा जंगल सुचिकृत हुन सक्ने प्रसस्त सम्भावनाहरु रहेको समेत अधिकृत ठकुरीले जानकारी दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग