Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्रेश्वर मेलाका राष्ट्रिय कलाकारको प्रस्तुती

Published on 9:03:00 PM //



तेजेन्द्र थापा

"शान्तिपुरको शान, हाम्रो परम्परा हाम्रो पहिचान" भन्ने नाराका साथ गत मङ्सिर ८ गते बालाचातुर्दशिको अवसर पारेर श्री शान्ति यूनेस्को क्लबले बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुको पनि बिशेष प्रस्तुति रहेको थियो ।
राष्ट्रिय कलाकारहरुमा रामचन्द्र काफ्ले, पशुपति शर्मा, मुना थापा, सपना गाहाका साथै गुल्मीमा जन्मी आफ्नो छुट्टै पहिचान बनाउन सफल देश कै उत्कृष्ट उदघोषिका मंजु पौडेल, गुल्मीकै सन्तु थापा, उत्तम पुन लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । रु ५० प्रवेश शुल्क तोकिएको सो कार्यक्रम ५००० दर्शकले हेरेको आयोजकको दाबी रहेको छ ।
हिजै शान्तिपुरमा सतबिज छर्न, मेला भर्न र दर्शन गर्न १०औ हजार श्रद्दालु, भक्तजन तथा दर्शकको उपस्थिति रहेको थियो । गाउँ गाउँबाट भजन किर्तन सहित तोरण ल्याई मन्दिर वारीपरी ताँगिएको थियो ।
यसै अवसरमा श्री शान्ति यूनेश्को क्लबले आयोजना गरेको भेकिय भलिबल प्रतियोगितामा गुल्मी र बाग्लुंगका गरि २४ टीमको उपस्थिति थियो, सो खेलको फाइनल भने यहि १० गते हुने छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग