Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाहिंसा विरुद्धको अभियानमा प्रहरी

Published on 1:33:00 AM //

गगनशिला खड्का
महिलामाथी हुने सबैप्रकारका हिंसा न्युनीकरणका लागी जिल्ला प्रहरी कार्यलय गुल्मीले पनि हातमा हात मिलाएर जनचेनामुलक कार्यक्रमहरु अगाडी बढाएको छ । महिला हिंसा विरुद्धको १६ दिवशिय अभियान अन्तर्गत १२ औ दिन जिल्ला प्रहरी कार्यलय गुल्मीले गुल्मी जिल्लाभर आफ्ना १३ वटा ईलाका मार्फत महिलाहिंसा समन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्राय महिलाहरु घरेलु र सामाजिक हिंसाबाट प्रताडित हुने गरेपनि सामाजिक डरका कारण महिलाहरु न्यायका लागी कम मात्रमा न्यायलयसम्म आउने गरेको प्रहरीको ठहर छ । महिलाहरुले आफु घरेलु हिंसामा छु भन्ने थाहा पाउँदा पाउदै पनि त्यस पछिको अवस्थालाई सोचेर दोषीलाई कार्वाही गर्न नसकेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।
गुल्मी जिल्लाका इलाका प्रहरी कार्यलय रिडी, चन्द्रकोट इलाका प्रहरी कार्यलय शान्तीपुर, इलाका प्रहरी कार्यलय जोहाङ, पौदिअमराई प्रहरीचौकी, नयागाउँ प्रहरीचौकी, मर्भुङ्ग प्रहरीचौकी, धुर्कोट प्रहरीचौकी, चारपाला प्रहरीचौकी, श्रृङ्गा प्रहरीचौकी र मजुवा प्रहरीचौकीले स्थानीय आमा समुहका प्रतिनिधी, शिक्षक, विधार्थी, राजनितिक दलका प्रतिनिधी, महिला अगुवाहरुलाई महिला हिंसा कस्तो हुन्छ, त्यसका लागी कहाँ जानुपर्दछ र कस्तो खालको उजुरी गर्नुपर्दछ भनेर प्रशिक्षण दिएको छ ।
करीब ७ सय ब्याक्तिलाई दिइएको महिला सम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागीहरुले प्रहरीले चलाएको जनचेतनामुलक अभियान सान्र्दभिक र व्यवहारिक भएको बताएका थिए । उनिहरुले महिलामाथी हुने हिंसा न्युनीकरणका लागी भनेर धेरै संघसंस्थाहरुले रकम विनियोजन गर्ने गरेपनि त्यसको सदुपयोग नभएको समेत बताएका थिए । आगामी दिनमा प्रहरीले मात्रै नभई अन्य संघसंस्थाहरु र सरोकारवाला निकायहरुले पनि यस्ता जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको माग रहेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले यो अभियानपछि जिल्ला प्रहरी कार्यलयमा हिसा समन्धी उजुरीहरु धेरै आउने र महिलाहरु हिंसा सहेर नबस्ने अपेक्षा गरेको बताउनुभयो ।उहाँले यस प्रशिक्षणमा सभागीहरुलाई लोग्नेस्वास्नी मिलेर काम गर्ने,सासुलाई गाउँमै छोडी बुहारी बजारमा बस्ने,मायाजालमा फसेर महिला अलपत्र पर्ने,स्कुलमा छात्रा विधार्थीहरुलाई आफ्नै साथीले अभद्र व्यवहार गर्ने जस्ता महत्वपुर्ण विषयमा जानकारी गराईएको बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग