Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार गर्न नसकेपछी आफ्नो घाँटी आँफै रेटे

Published on 1:36:00 AM //


गगनशिला खड्का
गुल्मीको वडागाउँ गाविसका एक ब्याक्तिको उपचारका लागी आर्थिक रकम अभाब भएको हुदाँ सहयोगका लागी परिवारले आग्रह गरेका छन । बडागाउँ गाविस वडा नम्वर १ दजाकोटका ३० वर्षिय टोप वहादुर सनारी मगर यतिवेला लुम्विनी मेडिकल कलेज पाल्पाको आईसीयुमा उपचारार्थ भर्ना भएका छन् । उनी लामो समयदेखि छारे रोगले ग्रस्त थिए । तर उपचार गर्न नसकेपछि रोगको पीडा सहन नसकेर वाँच्नु भन्दा मर्नु निको भन्दै मंगलवार आफ्नो गला आफैले रेटेका थिए ।
अचेत अवस्थामा तम्घास अस्पताल ल्याईएका उनलाई हिजै पाल्पा रिेफर गरिएको थियो । सो अस्पतालले घाँटीको अप्रेशनका लागी २० हजार लाग्ने वताएपछि परीवारजनले यसरी सहयोगको लागी आग्रह  गरेका हुन् । प्रधानमन्त्री कार्यलयको हेलो सरकारका एक कर्मचारीले तत्काल जानकारी गराउने आश्वसन दिएकी थिईन ।
यसैविच गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आफुले समेत व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने वचन दिँदै सवै कार्यलय प्रमुख कर्मचारी एवं समाजका हरेक पक्षसँग स्वेच्छिक आर्थिक सहयोग संकलन गर्न आग्रह गरेका छन ।  सिकिस्त अवस्थामा उपचारत सनारीका श्रीमति र ३ सन्तान छन् ।
विहान वेलुका परिवारमा हातमुख जोड्न समेत धौ धौ छ स्थानीय समाजसेवि हरिप्रसाद छन्तेलका अनुसार उनी पढालेखा पनि थिए, तर वेरोजगारीका कारण दुव्र्यसनीमा समेत धकेलिन थालेका थिए । सोही क्रममा उनी आफैले आफैलाई मंगलवार दिउँसो घरमा कोही नभएको अवस्थामा  वाँच्नु भन्दै मर्नु निको भन्दै धारिलो घरेलु हतियारले आफ्नो घाँटी रेटी आत्महत्याको प्रयास गरेका थिए । पारिवारजनले उपचारका लागी पहल गरिदिन सम्वन्धित सवै पक्षलाई आग्रह गरेका छन् ।                          

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग