Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल मगर संघको महाधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिँदै

Published on 1:58:00 PM //

मनोज बस्नेत
गुल्मीको तम्घासमा जारी नेपाल मगर संघको १० आँै राष्ट्रिय महादिवेसन नयाँ नेतृत्व चयन गर्दै आज सकिँदै छ । महादिवेशनको आजको अन्तिम दिनको बन्द शत्रमा नयाँ नेतृत्व चयनका लागी निर्वाचनको तयारी भईरहेको छ । सघंको केन्द्रिय समितिको कार्यकालको अन्तिम बैठक पनि अहिले तम्घासको शिवशक्ती चलचित्र हलमा बसीरहेको छ । बैठकमा सहमतीको प्रयास भईरहेको केन्द्रिय उपाध्यक्ष नविन रोकामगरले जानकारी दिनुभयो । बैठक सकिएपछी दिउँसोबाट निर्वाचन सुरु हुने छ । अहिले सम्म अध्यक्ष पदकालागी उपाध्याक्ष महेन्द्र थापामगर र बोम कुमारी बुढाको नाम अगाडी देखिएको छ ।
निवार्चनमा देशका ६५ जिल्लाबाट महादिवेशनमा सहभागी झण्डै साढे ३ सय प्रतिनीधीले मत हाल्ने छन् । गत २४ गते देखि सुरु भएको महादिवेशन हिजोँ सकिने कार्यतालीका रहेको भएपनी सहमती हुन नसकेपछी आज एक दिनको लागी समय थप गरिएको थियो । हिजोँको बन्द शत्रले सघंको ससाेंधित बिधान मस्यौदा पारीत गरेको थियो । महादिवेशनमा आर्थिक तथा सागंठानिक प्रतिवेदन पनि पारीत भईसकेका छन् । महादिवेशनको गत मसिंर २४ गते एक भव्य समारोहका बिच अर्थमन्त्री बर्षमान पुनले उद्घाटन गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग