Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिप दुर्घटनामा १४ घाईते, १ गम्भिर

Published on 6:13:00 PM //


मनोज बस्नेत
गुल्मीको अर्खलेमा जिप दुर्घटना हुदा १३ जना घाईते भएका छन् । गुल्मीको सिमलटारीवाट सदरमुकाम तम्घास आउँदै गरेको रातो नम्वर प्लेटको लु १ च ३३३८ नम्वरको जीप अर्खले ६ को मसिनापोखरी जङ्गलमा बिहान साढे ११ बजे दुर्घटना भएको हो । घाईते मध्ये सिमीचौर ७ का ३६ वर्षीय राजेन्द्र प्रतापको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा सामान्य घाईते हुनेमा गुल्मीको अम्मरपुर २ का २४ वर्षीय ढाल वहादुर कुँवर, तम्घास १ का ४३ बर्षीय प्रेम कुमारी श्रेष्ठ, अम्मरपुर २ का ४० वर्षिय ईन्द्र बहादुर मुखिया, अम्मरपुर १ का २० बर्षीय रोशनी कुमाल, अम्मरपुर २ का १८ बर्षिय विकास मुखिया रहनुभएको छ ।
त्यसैगरी सिमीचौर ७ का ३० बर्षिया अरुण प्रताप, वाग्ला ९ का १५ बर्षिया मनिषा नेपाली, अम्मरपुर २ का २० बर्षिया लाली नेपाली, अम्मरपुर २ कै २३ बर्षिया धन बहादुर कुमाल, सोही ठाउँकै २१ बर्षीया दिपक कुमाल, सोही ठाउँकै ४ बर्षीया रेनुका कुमाल र हस्तिचौर ८ का १७ बर्षिया शान्ता सुनार रहनुभएको छ । घाईते सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग