Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्राकृतिक विपत्तीमा समुदाय र आफ्नो सुरक्षा गर्न विधार्थी सक्षम

Published on 6:27:00 PM //

गगनशिला खड्का
प्राकृतिक प्रकोपहरुका कारण आईपर्ने कुनैपनि विपत्तीमा आफू बच्न र समुदायका अरु सर्बसाधारणको सुरक्षा गर्न गुल्मी जिल्लाका धेरै विद्यार्थीहरु सक्षम भएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीद्धारा कार्यक्रम सञ्चालन भएका विद्यालय र आसपासका समुदायले प्राथमिक उपचार, सरसफाई र प्राकृतिक प्रकोपबाट बच्ने उपायका बारेमा धेरै कुरा सिकेका छन् ।
प्रकोप भुकम्प आएको बेला खाट टेवुलमुनि लुक्ने, बाढी पहिरो आएको छ भने तलतिरको समुदायलाई खवर गर्ने, तत्काल पहिरो गएको ठाउँमा नजाने, दुर्घटनामा परेर बढी रगत बगेमा के गर्ने, ढाड भाँचिएको विरामीलाई सिधै स्टेचरमा नराखेर दह्रो फल्याकमा राखी चाँडो अस्पत्ताल पु¥याउने, सर्पले टोकेको विरामीलाई टोकेको ठाउँ भन्दा केही माथी पट्टी बाँधेर काटेको ठाउँमा चिर्ने, पोलेको ठाउँमा चिसो पानीमा भिजाएको कपडाले छोप्ने वा पानीमा डुवाएर राख्ने कुरा त्यहाँका विद्यार्थीले समुदायलाई सिकाउंछन् ।
यस विषयमा अझ धेरैलाई जानकारी दिने उदेश्यले नेपाल रेडक्रस सोसाईटी गुल्मी शाखाले सञ्चालन गरेको आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा सञ्चालन गरिएको तालिममा नेपाल रेडक्रस सोसाईटीका २० उपशाखाका एक—एक जना र ४ प्रहरी जवान गरी २४ जनाको सहभागीता रहेको थियो ।
तालिम प्रशिक्षक दिपक पोख्रलले विभिन्न क्षेत्रका व्यतmीहरुलाई प्रदान गरिएको आधारभुत प्राथमिक उपचार समन्धी तालिम लिईसकेपछि सहभागीले आफ्नो गाउँमा हुने सामन्य चोटपटक समन्धी घटनालाई गाउँमै प्राथमिक उपचार गर्न सक्ने बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग