Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला प्रसुती स्वास्थ्य शिबिर सम्पन्न

Published on 6:28:00 PM //

गगनशिला खड्का
जिल्ला स्वास्थ्य कार्यलय गुल्मी र महिला हिंसा न्युनीकरण समुहको संयुक्त आयोजनामा ह्वाङ्गदी गाविसमा सञ्चालित महिला प्रसुती स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ३० जना महिलाहरुको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ भने १९ जना विरामी अप्रेशनका लागी तम्घास अस्पतालमा रिफर गरिएको छ ।
पाठेघर खसेका,सेतो पानी बग्ने,तल्लो पेट दुख्ने,ढाड दुख्ने रोगका विरामीहरुको उल्लेख्य सहभागीता रहेको शिविरमा जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डा. हरी बहादुर केसी,अस्पातल विकास समितिका अध्यक्ष विर बहादुर कार्की,महिला हिंसा न्युनीकरण समितिका उपाध्यक्ष गोपी पन्थी,सचिब अनिशा केसी,सल्लाहकार विष्णु कुमारी सापकोटा, ललिता गौतमको सहभागीता रहेको थियो ।
यसैगरी ह्वाङ्गी गाविसमा सुमित्रा पाण्डेयको अध्यक्षतामा ११ सदस्य महिला हिंसा न्युनीकरण समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा मिना बुढा, सचिब कृष्णा घर्ती र कोषाध्यक्ष खिमा बुढा रहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग