Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशमा हुँदा देशको माया अझ बढी लाग्ने रहेछ

Published on 5:15:00 PM //


मिन दर्लामी, लोक गायक

३८ वर्षअघि गुल्मी इस्मादोहाली गाविसमा जन्मेका लोकगायक तथा संकलक मिन दर्लामी अहिले अमेरिका बस्नुहुन्छ । सन् २००८ मा उहाँको श्रीमतीलाई डीभी परेपछि उहाँ पनि उतै हानिनुभयो । एउटा नेपाली रेष्टुरेन्टमा काम गर्ने गायक दर्लामी अहिलेसम्म दुईपटक नेपाल आउनुभयो । दोस्रोपटक नेपाल आएको मौकामा अन्लाईनखबर डट कमले उहाँसित छोटो कुराकानी गरेका छौं ।

० किन अमेरिका जानुभयो ?

- यस्तै त हो नि, अरुको जस्तै मेरो पनि अमेरिका सपना थियो । श्रीमतीलाई डीभी पर्ने बित्तिकै उता जाने मौका मिल्यो । देशको माया भएपनि बाध्यताले उतै बस्नुपरेको छ ।

० के काम गर्नुहुन्छ, त्यहाँ ?

- एकजना नेपालीले चलाएको रेष्टुरेन्टमा वेटरको काम गर्छु । त्यहाँ कामको निकै सम्मान हुने भएकाले जे काम गरेपनि सानो जस्तो लाग्दैन । कामको मूल्याँकन हुने भएकाले वेटरको काम पनि रमाइलो लाग्छ । त्यहाँ ठूलो सानो भनेर कामको भेदभाव हुँदैन । सानो कामको पनि सम्मान हुन्छ । कामलाई हेलाँ गरिंदैन ।

० कति छन् तपाईंजस्ता नेपाली त्यस्ता काम गर्ने ?

- धेरै छन् । अमेरिका पुगेका धेरै नेपालीले गर्ने काम नै यही हो । अरु क्षेत्रमा काम गर्नेहरु पनि छन् । यहाँ जस्तै धनी पनि छन्, गरीब पनि छन् । सबै तह र तप्काका नेपाली छन् । तर ठूलो सानो भनेर कामको भेदभाव नहुने भएकाले सबै खुी छन् ।

० धेरै कलाकारहरु पनि उतै छन् है ?

- हो भगवान भण्डारी लगायत थुप्रै कलाकार अमेरिकामा म जस्तै काम गर्नुहुन्छ । आफ्नै वाध्यता र विवशताले अरुजस्तै कलाकारहरु पनि अमेरिका पुग्नुभएको छ । बिभिन्न क्षेत्रमा काम गर्नुहुन्छ । तर सबैजना काममा सन्तुष्ट हुनुहुन्छ ।

० तपाईंहरू जस्ता कलाकारले त्यहाँ कला देखाउने मौका कत्तिको पाउनुहुन्छ ?

- कहिलेकाहीं मात्रै पाइन्छ । काममा निकै व्यस्त हुनुपर्ने भएकाले मन लागेजति कला देखाउन पाइन्न । तर बेलामौकामा हामी बिभिन्न स्टेज शोमा नाचगान र गीत प्रस्तुत गछौर्ं । नेपाली समुदायले बेलाबेला गर्ने साँस्कृतिक कार्यक्रमले हामीलाई राहत दिएको छ । अमेरिका पुगेका कलाकारले आˆनो कला र गला बिर्सिएका छैनौं । हामी कलाकार हौं भन्ने परिचय दिन सफल भएका छौं । सँगै काममा पनि उत्तिकै लगनशिल भएर लागेका छौं ।

० अरु नेपालीहरूको अवस्था चाहिं कस्तो छ ?

- राम्रो छ । धेरै वर्ष पहिले गएकाहरुको अवस्था निकै राम्रो छ । भर्खरै पुगेकाहरु पनि संघर्षरत हुनुहुन्छ । जाने बित्तिकै केही न केही काम पाइने भएकाले हात खाली बस्नुपर्दैन । समग्रमा भन्नुपर्दा त्यहाँ नेपालीको अवस्था राम्रो छ ।

० तपाईंले नेपाल र अमेरिकामा के फरक पाउनुभयो ?

- धेरै फरक छ । हावापानी र भौगोलिक विविधता हेर्ने हो भने अमेरिकाको तुलनामा हाम्रो देश निकै राम्रो छ । तर विकास निर्माण र नीति नियमको पालनाको दृष्टिकोणले भने अमेरिका निकै अगाडि छ । अमेरिका हर क्षेत्रमा सम्पन्नशाली देश हो । त्यहाँको सडक र यातायात व्यवस्थाले मलाई निकै प्रभावित पार्यो । हर ठाउँ सडक सञ्जालसित जोडिएको छ । ट्राफिक नियम पनि उत्तिकै कडा छ । हाम्रो जस्तो त्यहाँ ट्राफिक नियम मिचिंदैन । हरेक कुरा सिस्टमा चलेको छ । नीति नियमको पालना र सिस्टम अपनाउने देशमा अमेरिका निकै अगाडि छ जस्तो लाग्छ मलाई ।

अर्को राम्रो कुरा अमेरिकामा १८ वर्षसम्मका बालबच्चालाई सरकारले नै हेर्छ । पढाई लेखाई र औषधि उपचार सरकारकै दायित्वमा पर्ने रहेछ । बाबुआमाले कापी कलम किनिदिए भयो । अरु कुरा सरकारले नै गर्छ । १८ वर्षसम्म सरकारले हेर्ने भएकाले बाबुआमालाई छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा पिरचिन्ता लिन नपर्ने रहेछ । १८ वर्ष पूरा भएपनि उ कामको लागि योग्य हुन्छ । र काम पनि पाउने रहेछ । यो कुरा हाम्रो देशमा छैन । यस्ता कुरामा नेपाल भन्दा अमेरिका धेरै गुणाले अगाडि, दाँज्नै नमिल्ने । त्यस्तै कामलाई सम्मान गर्ने कुरा पनि अमेरिकाबाट सिक्नुपर्छ । हाम्रो यहाँ कामलाई भेदभाव गरिन्छ । सानो र ठूलो काम भनिन्छ । तर त्यहाँ त्यस्तो छैन । हाकिम र कारिन्दाको व्यवहार हुँदैन । सबैले सबैलाई मान्छन् । सबै कामलाई उत्तिकै दर्जाले हेरिन्छ । घर बनाउने ज्यामी र कार्यालयमा काम गर्ने माथिल्लो दर्जाको कर्मचारी सबै उस्तै जस्तो लाग्ने । यस्ता कुरा अमेरिकाबाट सिक्न सक्नुपर्छ । समग्रमा हावापानी, भौगोलिक दृष्टिकोण, धर्म संस्कृतिको कुरामा अमेरिका भन्दा नेपाल अगाडि । अनि विकास निर्माण, आपसी व्यवहार, नीति नियमको पालना, सिस्टम, कामको सम्मान लगायत कुराले नेपाल भन्दा अमेरिका धेरै गुणाले अगाडि । अमेरिकाबाट नेपालले सिक्नुपर्ने कुरा धेरै छन् ।

० त्यहाँ पुगेका नेपाली नेपालको बारेमा के भन्छन् ?

- सबैले देशमा शान्ति, सुशासन र विकास चाहेका छन् । योसँगै देशमा रोजगारीको अवस्था र वातावरण सिर्जना होस् भन्ने चाहन्छन् । अमेरिका गएपनि नेपालीले आˆनो देश भुलेका छैनन् । विदेशमा हुँदा देशको माया झन् बढी लाग्ने रहेछ । औधी माया गर्छन् अमेरिकामा रहेका नेपालीहरु आˆनो देशलाई । चारजना भेट हुने बित्तिकै देशकै बारेमा कुरा हुन्छ । नेपालको विकास कसरी गर्न सकिन्छ भनेर बेलाबेला कार्यक्रम पनि हुन्छन् । नेपालमा छँदा संस्कृति र परम्परा भुल्नेहरु उता पुग्ने बित्तिकै आफ्नो संस्कृतिको पालना गर्छन् ।

० अमेरिकामा रहेका नेपालीलाई के भयो भने नेपाल फर्काउन सकिन्छ ?

- पक्कै पनि । रोजगारीको वातावरण सृजना हुने हो भने त्यहाँ रहेका नेपाली आˆनै देश र्फकन सक्छन् । सँगै शान्ति सुरक्षा, सुशासन र विकास निर्माणले पनि गति लिन पर्यो । यो हुने बित्तिकै नेपालीहरु आफ्नो देशमा फर्किन्छन् । मुख्य कुरा रोजगारीको हो । यहाँ जति पढेपनि र जतिकुरा जानेपनि काम नपाउने स्थिति छ । तर अमेरिकामा पुग्ने बित्तिकै काम पाइन्छ । मुख्य कुरा यही नै हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग