Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघ केन्द्रिय अध्यक्षमा थापा बिजयी

Published on 3:14:00 PM //

घनश्याम गौतम
छ दिन देखि जारी नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन महेन्द्र थापा मगरलाई अध्यक्षमा निर्वाचित गर्दै विहिवार सकिएको छ ।
अधिवेशनमा सबै पदमा सर्वसम्मत बनाउने लामो प्रयास भएपनि निर्वाचनमै गएपछि अधिवेशन दुई दिन लम्बिएको थियो । थापाले अध्यक्ष पदका उम्मे दवार बमकुमारी बुढालाई ३६ मतले हराउ“दै १ सय ८० मत प्राप्त गरी बिजयी भएका हुन् । यस अघि उनी संघको उपाध्यक्ष थिए । निर्वाचित भएपछि थापाले संक्षिप्त प्रतिक्रिया दिंदै नया“ बन्ने संविधानमा मगरहरुका हकहित र अधिकार समावेश गर्ने र संगठनलाई अभैm ससक्त बनाएर अगाडी बढ्ने जिम्मेवारी बढेको बताए । ‘मगर समुदायको हकहित र अधिकारका लागि सधै लाग्ने छु ।’, उनले भने ।
निर्वाचन समिति संयोजक गौबहादुर आलेका अनुसार अधिवेशनले बरिष्ट उपाध्यक्षमा बसन्त घर्तिमगर र पश्चिमाञ्चलबाट बालसिंह काउछा, पूर्वाञ्चलबाट गंगाबहादुर थापा मागर, १२ मगरातबाट डाक्टर देववहादुर थापा मागरलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै अधिवेशनले महिला उपाध्यक्षमा श्याममाया पुन मगर, मध्यमाञ्चलबाट चित्रबहादुर लुंगेली मगर, मध्यपश्चिमाञ्चलबाट गूरुप्रसाद घर्तिमगर र हरीबहादुर थापा मागरको मत बराबर भएपछि गोलाप्रथाबाट गुरुप्रसाद घर्तिमगर, सुदुरपश्चिमाञ्चलबाट तेज तरामी मगर र १८ मगरातबाट कर्णबहादुर बुढामगर उपाध्यक्षमा निर्वाचित भएका छन् ।
आगामी चार वर्षका लागि भएको नया“ कार्य समितिको महासचिवमा नविन रोका मगर, मुख्य सचिवमा ओम थापा मगर (निर्विरोध), प्रचारप्रसार तथा प्रकाशन सचिवमा माधवकुमार दर्लामी, संगठन सचिवमा ज्ञानेन्द्र पुन मगर, विदेश सचिवमा रक्षाबहादुर रैठामगर र कोषाध्यक्षमा कुलप्रसाद पुन मगर चुनिएको संयोजक आलेले बताए ।
४९ सदस्यीय केन्द्रिय समितिमा आयोजक अञ्चल लुम्बिनीबाट सदस्य पदमा पिताम्बर सारु, गमबहादुर थापामागर, मिना थापा मगर निर्वाचित भएका छन् । संयोजक आलेका अनुसार अधिवेशनले लाई निर्विरोध निर्वाचित गरेको छ । मंसिर २४ गते शुरु भएको अधिवेशन मंगलबार नै सम्पन्न हुने भनिएपनि विभिन्न जिल्लाहरुको विवाद, पेट्रोलियम पदार्थको अभाव, अन्तिम समयमा आएर निर्वाचन लगायतका समस्याले अधिवेशन दुई दिन ढिला सम्पन्न भएको अधिवेशवन व्यवस्थापन समिति संयोजक बालसिंह काउछाले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग