Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन सातापछि आयो पेट्रोलियम पदार्थ

Published on 3:15:00 PM //


घनश्याम गौतम
तिन सातापछि जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति भएको छ ।
ट्याकंर व्यवसायीहरुको आन्दोलन र आयल निगमले माग अनुसार आपूर्ति गर्न नसक्दा जिल्ला भर तिन साता देखि पेट्रोलियम पदार्थ अभाव हुंदै गएको थियो । इन्धन अभावले जनजिवन प्रभावित भएको थियो । स्थानीय प्रशासनको पहलमा आयल निगम भैरहवाबाट डिजल आपूर्ति हुन नसकेपछि पोखराबाट दुई ट्याकंर डिजल ल्याईएको थियो । शुक्रवार भैरहवाबाटै पेट्रोल पनि आएपति आपूर्ति सहज भएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए ।
डिजल र पेट्रोल अभावमा जिल्लामा एम्बुलेन्स समेत बन्द भएका थिए । लामो समयपछि डिजल पेट्रोल आएपनि विहिवार र शुक्रवार पम्पहरुमा सवारी साधनको भिड लागेको छ । प्रजिअ नेपालले जिल्लाका रिडी र जुनियामा रहेको पेट्रोल पम्पबाट समेत इन्धन वितरण गर्न थालिएको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग