Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Published on 7:47:00 PM //

  • प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गर्ने 
  • करिब २५ लाख खर्च हुने अनुमान 
  • ७ सय प्रतिनिधि, मन्त्रिहरु, सभाषदहरु लगायत हजारौँको सहभागीत 

घनश्याम गौतम
नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ ।
महाधिवेशन व्यवस्थापन समितिले आइतवार तम्घासमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम भएको जनाएको हो । मंसिर २४ देखि २७ सम्म तम्घासमा मगर संघको राष्ट्रिय अधिवेशन हुंदैछ ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशभरीका ७ सय प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने अधिवेशनमा मगर समुदायका मन्त्रीहरु, सभाषदहरु जिल्लाका सभाषदहरु सहित झण्डै ८० जना अतिथिहरु तम्घास आउने छन् । अधिवेशनका लागि सदरमुकाम तम्घासका सबै होटलहरुमा १ हजार बेड बुकिङ्ग भएका छन् ।
संघको केन्द्रिय सदस्य एवं महाधिवेशन संयोजक बालसिंह काउछाले महाधिवेशन सम्पन्न गर्नका लागि २५ लाख रुपैंया खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिए । अधिवेशन खर्चका लागि ७ सय प्रतिनिधिबाट प्रति व्यक्ति १ हजार रुपैंया प्रवेश शुल्क, संघकै ५२ गाउँ संगठनहरुबाट २ हजार देखि ८ हजार रुपैंया, प्रतिष्ठानबाट ५ लाख रुपैंया, मगर संघ गुल्मीबाट ३ लाख संकलन भएको र बाँकी खर्च चन्दा, सहयोग लगायतका क्षेत्रहरुबाट संकलन गरिएको र नेपाल सरकारसंग समेत माग गरिएको काउछाले बताए ।
अधिवेशन अवधिभर सहभागीहरुको खाना र खाजाका लागि मेस संचालन गरिने र त्यसका लागि आवश्यक खाध्यन्न तराईका रुपन्देही, नवलपरासी र कपिलबस्तुले उपलब्ध गराउने छन् । त्यस्तै तरकारी पाल्पा र अर्घाखाँचिले उपलब्ध गराउने छ भने त्यसको व्यवस्थापन आयोजक जिल्ला गुल्मीले गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जिल्लामा धेरै मगरहरुको सहभागिता हुने गरी गर्न लागिएको यो पहिलो पटक हो । महाधिवेशन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबाट उद्घाटन गर्ने गरी तयारी भैरहेको भएपनि अझै टुङ्गो लागि नसकेको आयोजकले जनाए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग